१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी सहिद साउदको परिवारलाई रोजगारी



अ+ अ-

बैतडी। जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका यहाँस्थित शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् ।

सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन् । प्राधिकरणद्वारा हालै रोजगारी पाउने जेनजी सहिदका परिवारका सदस्यहरूको नामावली प्रकाशन गरेको थियो ।

उक्त नामावलीमा सहिद साउदकी भाउजु सरस्वतीको नाम पनि उल्लेख गरिएको छ । प्राधिकरणले सरस्वती सहित २७ जना जेनजी सहिदका परिवारका सदस्यलाई रोजगारी दिने उल्लेख गरेको छ ।

शिवनाथ –२ शर्माली घर भएका दीपकको गएको भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको थियो । कृषि सहायकको अध्ययन गरेर उनी रोजगारीका लागि दक्षिण कोरिया जाने तयारी गरिरहेका थिए ।

जेनजी आन्दोलनमा दीपकसिंह सहिद भएपछि सरकारले यसअघि नै उनीको परिवारलाई रु १५ लाख राहत उपलब्ध गराइसकेको छ ।

यस्तै शिवनाथ गाउँपालिकाले पनि सहिद परिवारलाई गाउँपालिकाको तर्फबाट रु एक लाख राहत उपलब्ध गराइसकेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । गाउँपालिकाबाट सञ्चालन हुने उद्यमका कार्यक्रममा पनि सहिद परिवारलाई प्राथमिकतामा राखिएको जनाएको छ । रासस