१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वयात्री रामजी नेपाली श्रीलङ्का, माल्दिभ्स र बाङ्गलादेश जाने



अ+ अ-

काठमाडौँ । विश्व यात्रामा निस्किएका यात्री रामजी नेपालीले अब श्रीलङ्का, माल्दिभ्स र बाङ्गलादेशको यात्राको तयारी गर्ने बताएका छन् । उनले भनेका छन्– म अब श्रीलङ्का, माल्दिभ्स, बाङ्गलादेशको यात्राको तयारी गर्दैछु ।

साथै उनले यतिबेला अब ५० देशका राष्ट्रगान गाउन सक्ने भएको पनि जनाएका छन् । हाल त्यसैको अभ्यासमा व्यस्त रहेको उनको भनाई छ । उनी विश्वका राष्ट्रगानहरु गाउनेगरी विश्व यात्रामा निस्किएका छन् ।

आफ्नो विश्व यात्राका विषयमा उनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्–
‘अबको यात्रा श्रीलङ्का, माल्दिभ्स, बाङ्गलादेशको तयारी गर्दैछु र अर्को महत्वपुर्ण कुरा यतिबेला म ५० देशका राष्ट्रगान गाउन सक्ने भएको छु अनि त्यसकै प्राक्टिसमा व्यस्त रहन्छु ।
पहुँच तथा पैसा भएका मनकारी शुभ चिन्तक ,दानी मित्र हरु लाई व्यवस्थापन मिलाईदिनुहुन अनुरोध गर्दछु ।

सुझाव र सल्लाह अनि सहयोग गर्नलाई म्यासेन्जरमा म्यासेज गर्न पनि विनम्र अनुरोध गर्दछु ।
किनकी म पुरै समय राष्ट्रगान प्राक्टिस गर्नमै व्यस्त हुने भएकाले फेसबुकमा लाईक, कमेन्ट गरेर समय खेर फाल्न चाहन्न । यो समयलाई सदुपायोग गरेर ३ करोड नेपाली र नेपालको नामलाई विश्वभरी उच्च सम्मान दिलाउन लागिपरेको छु ।
तपाईहरुको थोपा थोपा सहयोग मेरो विश्वयात्रामा समुन्द्र बन्न सक्छ । त्यसैले रचनात्मक सहयोगको सधँै अपेक्षामा छु । विश्वयात्री रामजी नेपाली’