१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय उत्पादनलाई बजार अभाव 



अ+ अ-

बागलुङ । बागलुङमा लाग्ने चैतेदसैँै मेलालाई स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यमका रुपमा लिइन्छ । तर पछिल्लो समय आयातित वस्तुको कारण ग्रामीण क्षेत्रका उत्पादन ओझेलमा परेका छन् ।

मेला सुरु हुनुअगावै बागलुङका ग्रामीण क्षेत्रसहित पर्वत, म्याग्दी, कास्की, तनहुँ, स्याङ्जालगायत देशैभरबाट व्यापारका लागि आएका व्यापारी यसपालि त्यति उत्साहित देखिएनन् ।

आयातित वस्तुको व्यापार राम्रो भए पनि गाउँबाट लिएका चोयाको डाली, नाङ्लो, मुडा, काठको ठेकी, मदानीसहितका सामग्रीको व्यापार राम्रो नभएको व्यापारी बताउँछन् । कालिका मन्दिर परिसरमा यही चैत १० गतेदेखि मेला लागेको छ । मेला भर्न आउने दर्शकले लत्ताकपडा, प्लास्टिकका भाँडा किनमेल गरे पनि स्थानीय उत्पादनतिर खासै चासो नदिएको म्याग्दीबाट काठका ठेकी बिक्री गर्न आउनुभएका लिलबहादुर चुँदाराले बताउनुभयो ।

आफू ३७ वर्षदेखि निरन्तर चैतेदसैँ मेलामा ठेकी बिक्रीका लागि आएको भन्दै उहाँले पछिल्लो एक दशकमा व्यापार निकै कम भएको बताउनुभयो । पहिले गाउँमा धेरैले वस्तुभाउ पाल्ने, दूध, दही र मही बनाउने गरे पनि हिजोआज बजारबाटै दूध किनेर उपभोग गर्न थालेपछि काठका ठेकी र मदानी बिक्री हुन छोडेको चुँदाराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वर्षभरि गाउँमा ठेकी, मदानीलगायत थुप्रै काठका सामान बनाउने र चैतेदसैँमा लिएर बिक्री गथ्र्यौँ, बिक्री पनि धेरै हुन्थ्यो, कमाइ पनि राम्रै हुन्थ्यो, त्यही कमाइले वर्षभरि परिवार चलाउँथ्यौँ, अहिले त दिनभरि कुरेर बस्यो, पाँच–सातवटा पनि बिक्री हुँदैन, आउने जाने भाडा पनि नउठ्ला भन्ने चिन्ता छ ।”

कास्कीको माछापुछ«ेबाट चोयाको डालो बिक्रीका लागि आउनुभएका तुलमान गुरुङले प्लास्किटका भाडाँकुँडाले स्थानीय उत्पादनलाई विस्थापित गर्न थालेको बताउनुभयो ।

विगत २२ वर्षदेखि चैतेदसैँ मेलामा डाली बिक्री गर्न आएको भन्दै तीन वर्षदेखि व्यापार निकै कम भएको उहाँको भनाइ छ । व्यापार गर्न आउँदा गाडी भाडा नै हजारौँ तिर्नुपरेको भन्दै उहाँ मेला सकिँदासम्म बिक्री नहुँदा सित्तैमा दिनुपर्ने अवस्था रहेको बताउनुहुन्छ ।

“यो मेला पनि पहिलेको जस्तो रमाइलो छैन, उतिबेला सबै गाउँ ठाउँमा नाचगान हुन्थ्यो, अहिले त केके गराए यस्तो ?, न व्यापार राम्रो हुन्छ”, गुरुङले भन्नुभयो, “पहिले गाउँमा भएका सबै उत्पादन बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला एक डेढ लाख रुपैयाँ बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलाभन्दा धेरै कम डालो नाङ्लो ल्याएर आएको त्यही पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ ।”

बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाबाट हरेक वर्ष १५÷२० जना स्थानीय डालो बिक्रीका लागि आउने गर्छन् । यसपालि पनि आएका छन् । तर अघिल्लो वर्ष व्यापार कम हुँदा यसपालि पहिलेको जति व्यापारी आएनन् । मेलामा स्थानीय उत्पादन बिक्रीमात्रै गर्न व्यवस्थापन मिलाउनुपर्ने चन्द्रबहादुर विकले बताउनुभयो ।

पछिल्लो समय स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति नागरिकको आकर्षण बढी भएको हुँदा मौलिक सीप र सामानले बजार नपाएको उहाँले गुनासो गर्नुभयो । रासस