१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ४९ लाभान्वित



अ+ अ-

कञ्चनपुर। जिल्लाको शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा आज आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट २४९ जना स्थानीय लाभान्वित भएका छन् । सर्वसाधारणलाई घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरणको कार्य गरिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टका अनुसार शिविरमा सबैभन्दा बढी १८६ जनाले आँखासम्बन्धी सेवा लिएका छन् । आँखा जाँचसँगै आवश्यक बिरामीलाई निःशुल्क चश्मासमेत वितरण गरिएको छ ।

त्यसैगरी, १२० जनाले हाडजोर्नी तथा नशासम्बन्धी, ८१ जनाले सामान्य चिकित्सा तथा महिला स्वास्थ्य सेवा र ४८ जनाले नाक, कान, घाँटीसम्बन्धी उपचार सेवा लिएका शाखा प्रमुख भट्टले जानकारी दिनुभयो । शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि वितरण गर्नुका साथै चिकित्सकीय परामर्श सेवा पनि प्रदान गरिएको उहाँले बताउनुभयो ।

शुक्लाफाँटा-९ वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार वडाका दूरदराजका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले प्रत्येक वर्ष निःशुल्क आँखा उपचार तथा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्दै आइएको छ । “वडावासीलाई घरदैलोमा चिकित्सकीय सेवा उपलब्ध गराई टाढाका अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यका साथ शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो ।

यसपटक वडा नं ९ सँगै वडा नं ८ र ११ का बासिन्दाले पनि शिविरबाट स्वास्थ्य सेवा लिएका वडाध्यक्ष ऐरले बताउनुभयो । गाउँमा विशेषज्ञ चिकित्सकीय सेवा पाउँदा विशेषगरी विपन्न परिवार, ज्येष्ठ नागरिक र अशक्त बिरामीलाई राहत मिलेको उहाँको भनाइ छ ।

स्थानीय रोशनबहादुर ऐरले गाउँमा स्वास्थ्य सेवा पाउँदा आर्थिक तथा समयको बचत भएको बताउँदै यस्ता शिविरले ग्रामीण भेगका नागरिकलाई उपचारमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार टाढाको अस्पताल पुग्न नसक्ने नागरिकका लागि यो शिविर प्रभावकारी भएको छ ।  रासस