१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट तीन करोड जोरजुत्ता विदेश निर्यात



अ+ अ-

काठमाडौँ। नेपालबाट प्रत्येक वर्ष तीन करोड जोरजुत्ता विदेश निर्यात हुँदै आएको छ । जुत्ता उत्पादक सङ्घका महासचिव निर्मल भट्टराईले आज एक विज्ञप्ति जारी गरी नेपाल जुत्तामा आत्मनिर्भर भएको जानकारी दिनुभयो ।

“नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड जोरजुत्ता उत्पादन क्षमता छ । वार्षिक रूपमा तीन करोड जोरजुत्ता निर्यात हुँदै आएको छ”, उहाँले भन्नुभयो । आन्तरिक उपभोगको ७० प्रतिशत हिस्सा नेपाली जुत्ताले ओगटेको सङ्घले जनाएको छ ।

स्वदेशी उत्पादन, निर्यात र आन्तरिक खपत बढाउने लक्ष्यका साथ अघि बढिरहको सङ्घले यही चैत २९ र ३० गते काठमाडौँमा हुन लागेको नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत कार्यसमितिको सदस्यमा सङ्घका अध्यक्ष सुरज बन्जाडेलाई अघि सारेको छ । मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना, निर्यातलगायत क्षेत्रमा जुत्ता उत्पादक सङ्घले महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर हुनाका साथै जुत्ता निर्यातमार्फत वैदेशिक मुद्रा आर्जन गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आइएको सङ्घका महासचिव भट्टराईले बताउनुभयो ।

जुत्ता उत्पादन र निर्यातका क्रममा देखिएका समस्यालाई नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत समाधान र खबरदारी गर्नका लागि अध्यक्ष बन्जाडेलाई महासङ्घको सदस्यमा आफूहरूले अघि सारेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली जुत्ता उद्योगको विकास, संवर्द्धन र नेपाली जुत्ताको बजार प्रवर्द्धन आजको मुख्य आवश्यकता भएको जनाउँदै सङ्घले राखेको लक्ष्यलाई प्राप्त गर्न महासङ्घमा अध्यक्षको सशक्त प्रतिनिधित्व हुनु जरुरी रहेको महासचिव भट्टराईले बताउनुभयो । रासस