९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
अ अ+ अ-

भोजपुर। हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चमेरे गुफा संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार सक्रिय बनेको छ ।

प्राकृतिक बनावट, ऐतिहासिक पृष्ठभूमि र धार्मिक आस्थासँग जोडिएको यस गुफालाई व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित वडाले योजनाबद्ध रूपमा काम अघि बढाएको हो ।

ओझेलमा परेको यो स्थानको उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले संरक्षण, पहुँच विस्तार र प्रचारप्रसारका कामलाई प्राथमिकतामा राखिएको वडा कार्यालयले जनाएको छ । गुफा आसपासको स्थानको संरक्षण, बाटो व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढाइएको छ ।

गुफासँगै रहेको राज गैया देवी थानका कारण यस क्षेत्रको धार्मिक महत्वसमेत उच्च रहेको वडाध्यक्ष कुमार विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार गुफासम्म पुग्न सहज बनाउन सिँढीसहितको पैदलमार्ग निर्माण गरिएको छ । जसले स्थानीय तथा आगन्तुकलाई सहज पहुँच दिएको छ। पहिले यहाँ पुग्न निकै कठिन रहेकोमा अहिले संरचना बनेपछि पुग्न सहज भएको उहाँको भनाइ छ ।

वडाको सीमित स्रोतसाधनका बाबजुद पनि हरेक वर्ष थोरै भए पनि बजेट छुट्याएर संरक्षण तथा पूर्वाधार विकासका कामलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा मात्रै रु ५० हजार बजेट विनियोजन गरिएको छ । “चमेरे गुफा र राज गैया देवीथान हाम्रो वडाको पहिचान र गौरवका विषय हुन्,” वडाध्यक्ष विष्टले भन्नुभयो, “यस क्षेत्रलाई व्यवस्थित बनाउँदै पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेका छौँ ।”

स्थानीय बुढापाकाका अनुसार प्राचीन समयमा युद्धका बेला एक रानीले यही गुफामा लुकेर ज्यान जोगाएको किम्बदन्ती छ । यही ऐतिहासिक कथासँग जोडिएर यहाँको गाउँको नाम ‘रानीबास’ रहन गएको स्थानीय रामप्रसाद सुवेदीले बताउनुभयो । “यो गुफा केवल ढुंगाको संरचना मात्र होइन”, उहाँले भन्नुभयो, “हाम्रो इतिहास र पहिचानसँग जोडिएको धरोहर हो । यसलाई राज्यले ध्यान दिन आवश्यक छ ।”

उहाँका अनुसार गुफाको भित्री संरचना, प्राकृतिक बनावट र वातावरण आफैँमा अत्यन्त आकर्षक र रहस्यमय छ । उचित संरक्षण र प्रचारप्रसार गर्न सके यो क्षेत्र प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

गुफाबाट करिब डेढ किलोमिटर माथि रहेको अर्को ऐतिहासिक स्थल जोरआहाल संखामचुलीसम्म पुग्न सकिने भए पनि २०७२ सालको भूकम्पपछि केही स्थानमा बाटो अवरुद्ध भएको स्थानीय नविन राईले जानकारी दिनुभयो। उक्त क्षेत्रको पुनःसंरचना गर्न सके थप पर्यटकीय आकर्षण बढ्ने विश्वास गरिएको छ ।

यसैगरी, गुफा नजिकै रहेको राज गैया थानमा प्रत्येक वर्ष बैशाखे पूर्णिमाका दिन स्थानीयले भव्य पूजा–आजा गर्ने परम्परा रहँदै आएको छ । धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्यको संगम भएकाले यो क्षेत्रलाई विशेष महत्वको रूपमा लिइन्छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकासका लागि दीर्घकालीन योजना बनाएर काम भइरहेको बताउनुभयो ।

“पर्यटनको माध्यमबाट स्थानीयको आर्थिक अवस्था सुदृढ बनाउने हाम्रो लक्ष्य हो,” अध्यक्ष राईले  भन्नुभयो । गाउँपालिका केन्द्र घोडेटारबाट नजिकको दूरीमा रहेकोले अहिले पनि धेरै जना यो गुफा अवलोकन गर्न तथा राज गैया थानको दर्शन गर्न आउनेको गरेको स्थानीयबासीले बताएका छन् । रासस