९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा
अ अ+ अ-

काभ्रेपलाञ्चोक। सहकारीको रु १८ करोड ७६ लाख चार हजार ५३२ अपचलन गरी बचतकर्ताको रकम फिर्ता नगरेपछि बनेपा नगरपालिका–७ स्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

एक सय तीन बचतकर्ताद्वारा सहकारीका १७ सञ्चालकलगायत सम्बद्धविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकमार्फत जिल्ला अदालत धुलिखेलमा सहकारी ठगी अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

बचतकर्ताको जम्मा रकम फिर्ता नगरेपछि पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले अभियोग दर्ता गराएको जनाइएको छ ।

जिल्ला न्यायाधिवक्ता टीकाभुषण घिमिरेका अनुसार दर्ता मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भई पीडितको बचत रकम फिर्ता गराउन अभियोगमा माग गरिएको छ । आरोपित भने सबै फरार छन् । सहकारी ठगी अभियोगमा सहकारीका सञ्चालक समिति, कर्मचारी तथा पूर्वअध्यक्षहरूसमेत गरी १७ जना संलग्न भएको उल्लेख गरिएको छ ।

अभियोग दर्तामा सहकारीका अध्यक्ष भुम्लु गाउँपालिका घर भई बनेपा बस्ने ४३ वर्षीय पानबहादुर श्रेष्ठ, उपाध्यक्ष पनौती नपा–७ की ५१ वर्षीया विन्देश्वरी कायस्थ मधिकर्मी, प्रबन्ध निर्देशक एवं व्यवस्थापक भक्तपुर सूर्यविनायक नपा–८ का ३९ वर्षीय राजाराम सकुपायो, सञ्चालकहरू भक्तपुर सुर्यविनायक–८ कै ३९ वर्षीया लक्ष्मीकुमारी श्रेष्ठ, सिन्धुपाल्चोकका ३२ वर्षीय रुकेश श्रेष्ठ लेखाप्रमुख भक्तपुर सिपाडोल निवासी ३५ वर्षीया प्रमिला मानन्धर रहेका छन् ।

यस्तै ऋण अधिकृत बनेपा–९ का ३६ वर्षीय रामसुन्दर बस्नेत, सञ्चालकहरू बनेपा–४ का ४० वर्षीय जयगोपाल श्रेष्ठ, खानीखोला गाउँपालिका–६ का ४१ वर्षीय कृष्णप्रसाद घिमिरे र बनेपा–४८ का ३३ वर्षीय मनिष श्रेष्ठ, बजार अधिकृत बनेपा–७ का ३५ वर्षीय प्रदीप शाहीलगायत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भने सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई प्रहरीले आफूले लिएको ऋण तिर्न अनुरोध गर्दै आएको छ । प्रहरीले हालैमात्र उक्त पशुपति सहकारी बनेपा नपा–७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउनेसमेत चेतावनी दिएको थियो ।

जिल्लामा सञ्चालित करिब एक दर्जन सहकारीका सञ्चालकले हालसम्म बचतकर्ताको बचत रकम ठगी गरेको भन्दै प्रहरीकोमा उजुरी परेको छ ।

उजुरीमध्ये सहकारीको रकम अपचलन अभियोग लागेका २६ जना पक्राउ परेको जनाइएको छ । अभियोग लागेकामध्ये ६७ जना सहकारी सञ्चालक अझै फरारको सूचीमा रहेको प्रहरीले जनाएको छ । रासस