१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवतीको हेलिकप्टरमार्फत उद्वार



फाइल फोटो
अ+ अ-

हुम्ला। सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ ।

यहाँको सिमकोट गाउँपालिका–४ बुराउसेकी २५ वर्षीया अस्मिता बुढा लामालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले जानकारी दिनुभयो ।

आज बिहान सिमकोट बजारस्थित घरमै सुत्केरी व्यथा लागेपछि बुढालाई तत्काल हुम्ला जिल्ला अस्पताल पु-याइएको थियो । अस्पतालमा गरिएको परीक्षणका क्रममा गर्भभित्र रहेको शिशुले मलमुत्र खाइसकेकाले अवस्था गम्भीर  देखिएपछि तुरुन्तै शल्यक्रिया गर्नुपर्ने निष्कर्ष स्वास्थ्यकर्मीले निकालेका थिए ।

अस्पतालमा कार्यरत दुई चिकित्सक जिल्ला बाहिर रहेकाले तत्काल यो सेवा जिल्ला अस्पतालमा उपलब्ध हुन नसकेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत उद्धार गरिएको हो ।