१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२ का पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक सन्देश जारी गर्दै रामनवमी पर्व धार्मिक उत्सवमात्र होइन, सत्य, धर्म र मर्यादाका प्रतीक भगवान् श्रीरामको जीवन आदर्शलाई आत्मसात् गर्ने अवसर भएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “श्रीरामले समाजमा न्याय, सद्भाव र शान्ति स्थापना गर्दै कर्तव्यपालनको सर्वोच्च उदाहरण प्रस्तुत गर्नुभएको थियो । उहाँको जीवनले हामीलाई सत्य, निष्ठा, धर्मपालन, अनुशासन र नैतिक आचरणलाई जीवनको आधार बनाउन सदैव प्रेरित गर्दछ ।”

उपराष्ट्रपति यादवले रामनवमीका अवसरमा गरिने भजनकीर्तन, पूजापाठ र उपासनाले नागरिकलाई भक्ति, अध्यात्म र परोपकारतर्फ उन्मुख गराउने उल्लेख गर्दै यस पर्वले समाजमा सद्भाव, सहयोग, भाइचारा र जनकल्याणको भावनालाई जागृत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति, धर्म र आस्थाले वैरभाव र क्लेशबाट अलग राखी शान्ति, परोपकार र सदाचारको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै उहाँले रामनवमी पर्व नेपाली समाजलाई नैराश्य र अनैतिकताबाट उन्मुक्ति दिलाउने शङ्खनादको माध्यम पनि बनोस् भनि कामना गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ, “यस अवसरमा सबै नेपालीले श्रीरामझैँ सत्य, धर्म र मर्यादित सङ्कल्पका साथ जीवनयात्रा अघि बढाउन प्रेरणा प्राप्त गरून् । रामनवमी पर्वले हाम्रो समाजलाई नैतिकता, सद्भाव र एकताको मियो बनेर राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धुत्वलाई अझ सुदृढ बनाओस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।” रासस