९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

सिंहदरबारमा आज चहलपहल

सिंहदरबारमा आज चहलपहल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ।  प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा धेरै समयपछि आज चहलपहल देखियो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथका कारण आज बिहानैदेखि मानिसको चहलपहल बढेको थियो ।

संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टाअगावै उपस्थित हुन सबै सांसदहरुलाई आग्रह गरेको थियो । सोहीअनुसार नै सबै राजीतिक दलका सदस्यहरु समयमा सिंहदबार उपस्थित हुनुभएको थियो ।

सपथका लागि विभिन्न राजनीतिक दलगत रुपमा तथा विभिन्न जातजाति र वेषभूषा झल्किनेगरी प्रतिनिधिसभा सदस्यहरु उपस्थित हुनुभएको थियो । साथै पहिलो पटक सांसद बनेकाहरुसँग कतिपय आफन्त तथा साथीभाइहरु पनि सो सपथ समारोह हेर्नका लागि पनि कैयौँ व्यक्ति आएकाले पनि सिंहदरबारमा ठूलो सङ्््ख्याका मानिसको उपस्थिति थियो ।

सिंहदरबारको मूल गेटमा आज भने बिहान १०ः०० बजेदेखि नै मानिसहरु भित्र छिर्ने भीड बढेको देखिएको थियो । यअघि जस्तै सिंहदबारका पश्चिम एवं दक्षिण गेटबाट नै आज मानिसहरु प्रवेश गरेका थिए ।

आज परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको बीचबाट संसद् भवन छिर्ने बाटोको प्रबन्ध गरिएको थियो । अपराह्न १ः०० बजेपछि संसद् भवन छिर्ने मानिसको सङ्ख्या बढ्दै गएपछि भने परराष्ट्र मन्त्रालयको गेट अगाडि नै भीड रोकिएको थियो । सो गेटबाट सीमित सङ्ख्याका फोटो पत्रकार एवं अन्य सञ्चारकर्मीहरुलाई मात्र भित्र प्रवेश दिइएको थियो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

संविधानसभा निर्वाचनबाट ६०१ जना संविधानसभा सदस्य चुनिएर आएपछि सिंहदबारस्थित पुरानो संसद् भवनमा बैठक बस्न नमिल्ने भएपछि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सारिएको थियो । यसपटक भने सो भवनमा क्षति पुगेकाले अबदेखि संसद् बैठक नवनिर्मित भवनमा सारिएको हो । रासस