• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीले खान र सुत्न सकेनन्, दुःखद खबरले बने भावुक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोक सवारी दुर्घटनाको खबरले भावुक बनेका छन् । प्रधानमन्त्री ओलीले सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताएका छन् ।

साथै उनले सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् ।

आइतबार सिन्धुपाल्चोकको छ किल्लो भन्ने स्थानमा सवारी दुर्घटना भएको भोलिपल्ट गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले घटनाबारे चासो राखेका हुन् ।

सवारी दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै उनले भने, ‘विरामी अवस्थामा रहेर हो कि म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ ।’

उनले अघि भने, ‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । बृद्धबृद्धा र बालबालिकालाई बेसाहारा बनाएको छ । यसलाई रोक्ने कार्ययोजना बनाउनुपर्यो ।’

सिन्धुपाल्चोकको सवारी दुर्घटनाहुँदा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।