१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ



अ+ अ-

काठमाडौँ। यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना तथा सहजीकरण गर्न पाकिस्तान तयार रहेको प्रधानमन्त्री शहबाज सरिफले बताउनुभएको छ ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रधानमन्त्री सरिफले सो कुरा बताउनुभएको हो । उहाँले यस क्षेत्र र विश्वकै शान्ति तथा स्थिरताका लागि मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न भइरहेका संवादका प्रयासहरूलाई पाकिस्तानले स्वागत र पूर्ण समर्थन गर्ने उल्लेख गर्नुभयो ।

यसैबीच, इरानी समाचार एजेन्सी ‘तस्निम’ काअनुसार सोमवार इरानी राष्ट्रपति मसूद पेजेस्कियानले प्रधानमन्त्री सरिफसँग टेलिफोनमा कुराकानी गर्दै क्षेत्रीय सहयोगप्रति तेहरानको प्रतिवद्धता पुनः दोहोर्याउनुभएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल