१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री



अ+ अ-

काठमाडाैँ ।प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।

बुधवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले जेन–जी आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्यकरण गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन गराउने कार्य अत्यन्त चुनौतीपूर्ण भए पनि सरकार संवैधानिक दायित्व पूरा गर्न सफल भएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री कार्कीका अनुसार तत्कालीन परिस्थितिमा देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील थियो भने राजनीतिक दलहरूबीच संवादहीनता कायम थियो । यस्तो अवस्थामा कानुनी तथा राजनीतिक शून्यता सिर्जना भए पनि सरकारलाई निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्राप्त भएको र छ महिनाभित्रै सफलतापूर्वक निर्वाचन गराउन सक्नु महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ ।

उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले तोकिदिएको मितिभित्र स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर संवैधानिक प्रणालीलाई सुदृढ बनाइएको उल्लेख गर्नुभयो । निर्वाचनले लोकतान्त्रिक मूल्य–मान्यतालाई मजबुत बनाउँदै देशलाई नयाँ राजनीतिक अध्यायतर्फ अघि बढाएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको दाबी गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न गर्न सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले समन्वयात्मक रूपमा काम गरेको उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले प्रभावकारी भूमिका खेलेको बताउनुभयो ।

उहाँले यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा नयाँ मानक स्थापित गरेको दाबी गर्नुभयो । निर्वाचन घोषणापछि पनि मतदाता नामावली संकलन गरी ठूलो संख्यामा युवा मतदातालाई समेटिएको, राष्ट्रिय परिचयपत्र प्रणालीसँग तथ्यांक अन्तरआवद्धता गरी प्रक्रिया सहज बनाइएको उहाँको भनाइ छ ।

त्यस्तै मौज्दात सामग्रीको पुनःप्रयोग, सकेसम्म स्वदेशी सामग्रीको प्रयोग र सरकारी संयन्त्रमार्फत पारदर्शी खरिद प्रक्रियाले निर्वाचन खर्च नियन्त्रणमा उदाहरणीय अभ्यास स्थापित भएको उहाँले बताउनुभयो । आचारसंहिताको कडा निगरानी र सुदृढ सुरक्षा व्यवस्थाका कारण कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन योगदान दिने अन्तर्राष्ट्रिय समुदाय, सुरक्षा निकाय, निर्वाचन आयोग तथा सम्बन्धित सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो ।




भर्खरै