काठमाडाैँ ।मध्यपूर्वमा जारी तनावपूर्ण युद्धका बीच कूटनीतिक पहलले गति लिएको संकेत देखिएको छ। पाकिस्तानका अधिकारीहरूले इरानले अमेरिकाबाट १५ बुँदे युद्धविराम प्रस्ताव प्राप्त गरेको दाबी गरेका छन्। तर, तेहरानले भने औपचारिक रूपमा यस्तो कुनै वार्तामा संलग्न नरहेको अडान दोहोर्याउँदै आएको छ।








