• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

आठ वर्षपछि कभर्डहल सञ्चालनमा



खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटिकोरेमा बहुउद्देश्यीय कभर्डहल सञ्चालनमा आएको छ ।
रु एक करोड ६० लाख ३६ हजार ९२९ लागतमा करीब आठ वर्षमा सो हल निर्माण सम्पन्न भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले मङ्गलबार संयुक्त रुपमा हलको शुभारम्भ गर्नुभयो । हल ८१ फिट लम्बाइ, ५७ फिट चौडाइ र ३५ फिट उचाइको रहेको जनाइएको छ । विसं २०६८ मा निर्माण शुरुआतसंगै बजेट अभाव भएपछि अलपत्र बनेको हल निर्माण कार्य अगाडि बढाउन नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो ।

हलमा प्रदेश नं १ अन्तर्गत नगरपालिकास्तरीय ब्याडमिन्टन प्रतियोगितासमेत शुरुआत भएको छ । जिल्लामा खेल क्षेत्रको विकास गर्न कभर्डहल अतिआवश्यक रहेकाले निर्माणमा सहयोग गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । “कभर्डहल अभावमा यसअघिसम्म जिल्लामा एउटा पनि आन्तरिक खेलकूद गर्न सकिएको थिएन” उहाँले भन्नुभयो, “आगामी दिनमा फुटबल र क्रिकेटबाहेक सबै किसिमको खेल खेल्न मिल्नेगरी कभर्डहल निर्माण गरिएको हो ।”

हलमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, कबड्डी, डण्डिबियो, सितोरियो कराते, तेक्वान्दोलगायतका खेलका प्रतियोगिता गर्न सकिने जनाइएको छ । हलमा आमसभा, गोष्ठी तथा बैठकसमेत गर्न मिल्नेगरी एक हजार बढी मानिस अट्ने क्षमता रहेको छ ।

सो हल पूर्वी पहाडी जिल्लाकै सबैभन्दा व्यवस्थित भएको दाबी गरिएको छ । तत्कालीन प्रहरी नायब उपरीक्षक ९हाल प्रहरी वरिष्ठ उपरीक्षक० टेकबहादुर तामाङको पहलमा जनश्रमदान र चन्दा सङ्कलनबाट निर्माण शुरुआत भएको थियो । करीब रु १२ लाख चन्दा सङ्कलन गरिएको थियो ।