३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविकास केन्द्रलाई सिद्धार्थ बैंकको सहयोग



अ+ अ-

बागलुङ । बागलुङ सदरमुकामस्थित विद्यामन्दिर बालविकास केन्द्रलाई सिद्धार्थ बैंक बागलुङले आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बालविकास केन्द्रको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले नगद रु २० हजार प्रदान गरेको हो ।

सामुदायिक विद्यालयमा सञ्चालित बालविकास केन्द्रमा आउने बालबालिकालाई आवश्यक सामग्री खरिदको लागि प्रदान गरिएको नगद सिद्धार्थ बैंक बागलुङ शाखाका शाखा प्रमुख सुजित भारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारी र प्रधानाध्यापक शान्तमणि ढकाललाई हस्तान्तरण गर्नुभयो ।

विद्यालय शिक्षाको महत्वपूर्ण आधार बाल कक्षाको गुणस्तर सुधारले मात्र शिक्षाको समग्र विकासमा सहयोग पुग्ने निष्कर्षसहित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालविकास केन्द्रको सुधारमा सङ्गठित भएर काम गर्दै आएका छन् । जिल्ला सदरमुकाममा बसोबास गर्दै आएका मजदूर, ठेला व्यापारी, मुस्लिम अभिभावकका अधिकांश बालबालिका अध्ययन गर्ने केन्द्रमा निःशुल्क खाजा वितरण हुन थालेपछि विपन्न विद्यार्थीको आकर्षण बढ्दै छ ।

जिल्ला सदरमुकाममा रहेका महँगा मन्टेश्वरी तथा बोर्डिङ स्कूलमा पठाउन नसक्ने अभिभावक आफ्ना छोराछोरीलाई निःशुल्क खाजासहितको शिक्षा प्रदान गर्न थालेपछि सामुदायिक विद्यालयतर्फ आकर्षण बढेको पूर्वविद्यार्थी तथा बालकक्षा सुधारका अभियन्ता मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । “विपन्न परिवारका छोराछोरी जसले खाजा ल्याएर विद्यालय आउन सक्दैनन्, उनैलाई लक्षित गरी निःशुल्क खाजा अभियान ल्याएका हौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले भन्नुभयो, “भोको पेटमा अध्ययन गर्दा शैक्षिक गुणस्तर वृद्धि गर्न सकिँदैन भन्ने सोचका साथ निःशुल्क खाजा अभियान शुरु गरेका हौँ ।”

विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा ख्याति प्राप्त पूर्वविद्यार्थी तथा शिक्षाप्रेमीबाट सहयोग सङ्कलन गरी निःशुल्क खाजा वितरण गर्दै आएको उहाँले बताउनुभयो । बालविकास केन्द्रमा अध्ययनरत २५ विद्यार्थीलाई दिनको एक पटक घरेलु खाजा प्रदान गरिँदै आएको छ । खाजा वितरणको एक हप्ते सूचीनै तयार पारीे अण्डा, चना, दूध र लिटो मिलाएर खुवाउने गरेको केन्द्रले जनाएको छ । सामुदायिक विद्यालयले गरिब विपन्न परिवारका बालबालिकाप्रति गरेको सहयोग र लगानीमा बैंकले भविष्यमा थप सहयोग गर्ने शाखा प्रमुख भारीले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।




भर्खरै