८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
अ+ अ-

काठमाडाैँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला वर्गीकरण भएपश्चात् मात्र फोहोर उठाउने भएको छ । नगरपालिकाले नगरवासीलाई २०८२ चैत १७ गतेसम्म आफ्नो पसल, होटल, निजी घर, सङ्घ–संस्था र विद्यालयलगायतबाट उत्पादन हुने फोहोरहरू वर्गीकरण गर्न अनुरोध गरेको छ ।

सो मितिसम्म फोहोर वर्गीकरण नगर्ने जुनसुकै निकायको फोहोर २०८२ चैत १८ गतेदेखि सिद्धार्थनगर नगरपालिकाले नउठाउने नगर कार्यपालिकाको निर्णय रहेको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।

नगरपालिकाले कुहिने जैविक फोहोरः घरेलु फोहोरमैला (खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, सागसब्जी, पातिङ्गर, घाँस, चिया तथा कफीका अवशेष आदि कुहिने फोहोर) जस्ता सडिगली जाने प्रकृतिका घरायसी वस्तुहरु, नकुहिने (अजैविक) फोहोरः प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय सामानहरुका अवशेष जस्ता सडिगली नजाने प्रकृतिका फोहोरहरु तथा नकुहिने (अजैविक) फोहोरः सिसा, काँच, धातु, टिनलगायत सडिगली नजाने प्रकृतिका कवाडहरु वर्गीकरण गर्न अनुरोध गरेको छ ।

उल्लिखित प्रकृतिका फोहोरहरु वर्गीकरण नगरिएमा नगरपालिकाले फोहोरमैला नउठाउने र सोको व्यवस्थापन स्वयं आफैँले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए। उनका अनुसार फोहोरमैला जथाभावी सडकपेटी तथा सार्वजनिक स्थलमा फालेको पाइएमा कानुनबमोजिम न्यूनतम रु पाँच हजारदेखि फोहोरको प्रकृतिअनुसार जरिवाना लाग्नेछ ।

विक्रम सिंवत् २०८२ चैत १८ गतेदेखि वर्गीकरण नभएको फोहोर सङ्कलन नहुने हुँदा सम्पूर्ण नगरवासी, होटल÷पसल व्यवसायीहरु, विद्यालय र विभिन्न सङ्घ–संस्थाहरुले फोहोर वर्गीकरण गर्ने कार्यमा सहयोग गर्न सिद्धार्थनगर नगरपालिकाले आग्रह गरेको छ । सिद्धार्थनगर नगरपालिकामा १३ वटा वडा छन् ।