१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा हत्याको अभियोगमा पक्राउ



अ+ अ-

काठमाडाैँ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उहाँका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो ।

अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासमेत १३ जनालाई पक्राउ गरिएको छ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले गएराति उनीहरूलाई नगद रु एक लाख ९० हजारसहित पक्राउ गरेको हो ।