३ श्रावण २०८३, आईतवार
,
Latest
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल… बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण



अ+ अ-
काठमाडाैँ । नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ ।
 सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका प्रमुख डा नारायण सुवेदीका अनुसार करिब रु १७ करोड लागतमा तटबन्ध निर्माण सुरु गरिएको हो । फागुनको अन्तिम साताबाट सुरु भएको सो तटबन्ध निर्माणको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सोमबार स्थलगत अनुगमन गरेकी छन् ।
निरीक्षणका क्रममा सचिव दवाडीले नारायणी नदी किनारमा रहेको सुस्ताको संरक्षण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । “सुस्ता क्षेत्रको संरक्षणका लागि सरकारले प्राथमिकताका साथ काम अघि बढाएको छ,” उनले भनिन्, “यहाँ भइरहेको सरकारी लगानीको अवस्था बुझ्न स्थलगत अनुगमनमा आएकी हुँ ।”
आयोजना प्रमुख सुवेदीले वर्षायाम अगावै काम सम्पन्न गर्ने लक्ष्यका साथ फिल्डमै अस्थायी कार्यालय स्थापना गरी २४ घण्टा कर्मचारीको निगरानीमा काम भइरहेको जानकारी दिइन्।
अनुगमनका क्रममा सचिव दवाडीले आयोजनाको कामप्रति प्रशंसा गर्दै तटबन्ध निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।