३ श्रावण २०८३, आईतवार
,
Latest
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल… बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो ।

डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन् । करेन्ट लागेको जानकारी आएपछि आफूले विद्युत् कार्यालयमा फोन गरेर विद्युत् बन्द गरिदिन अनुरोध गरेको स्थानीय कमलप्रसाद बरालले बताए ।

करेन्ट लागेको खबर पाएपछि इलाका प्रहरी कार्यालय रास्कोटको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए ।