३ श्रावण २०८३, आईतवार
,
Latest
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल… बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २६ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ९२ प्रतिशतको गिरावट हो ।

आज ३४५ कम्पनीको तीन करोड सात लाख ९० हजार २११ कित्ता शेयर एक लाख दुई हजार ७५९ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव २५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव ६१, विकास बैङ्क शून्य दशमलव ८४, वित्त शून्य दशमलव ७१, होटल तथा पर्यटन शून्य दशमलव २६, जलविद्युत् शून्य दशमलव ६१, लगानी एक दशमलव ५२ र जीवन बिमा समूह शून्य दशमलव ९४ प्रतिशतले घटेको छ । लघुवित्त शून्य दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ४६, निर्जीवन बिमा शून्य दशमलव ४५, व्यापार एक दशमलव ०९ र अन्य समूह एक दशमलव ०९ प्रतिशतले घटेको छ ।

सलपा विकास बैङ्क लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिद्धार्थ इक्विटी फन्डको शेयर मूल्य चार दशमलव ३९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका रु ६८ करोड ७७ लाख २४ हजार ७६१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको २२ लाख ७२ हजार २४५ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।