५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेडद्वारा एस्टन भिल्ला पराजित



बेन्जामिन सेस्को
अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडको गृह मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई ३—१ गोल अन्तरले पराजित गरेको हो ।

यो जितसँगै युनाइटेडले ३० खेलबाट ५४ अंक जोड्दै लिगको तेस्रो स्थानमा यथावत रहेको छ । चौथो स्थानमा भने एस्टन भिल्ला रहेको छ र उसको ५१ अंक छ ।

युनाइटेडका लागि ५४औं मिनेटमा कासेमिरोले पहिलो गोल गरेका थिए । तर त्यसको दश मिनेटपछि ६४औं मिनेटमा एस्टन भिल्लाका लागि रस बार्कलेले गोल फर्काए र स्कोर १—१ को बराबरीमा रह्यो ।

तर ७१औं मिनेटमा म्याथिस कुन्हाले टिमका लागि दोस्रो तथा ८१ औं मिनेटमा स्थानापन्न खेलाडी बेन्जामिन सेस्कोले युनाइटेडका लागि गोल गरे ।

आजै सम्पन्न क्रिस्टल प्यालेस र लिड्स युनाइटेड बीचको खेल गोल रहीत बराबरीमा सकिएको थियो भने नटिङघम फरेस्ट र फुलह्याम बीचको खेल पनि गोल रहीत टुंगियो ।

आजै राति लिभरपुल र टोटेनह्याम हस्पर्स बीच नेपाली समय अनुसार राति १०.१५ बजे खेल हुँदैछ ।

अंक तालिका