१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधुनिक बधशाला निर्माण



अ+ अ-

तनहुँ । व्यास नगरपालिका–३ बिसघरेस्थित बुल्दीखोला किनारमा जिल्लामै पहिलो आधुनिक र व्यवस्थित बधशाला निर्माण भएको छ । उपभोक्तालाई सफासुग्घर र स्वच्छ मासु उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले रु २२ लाख खर्चेर बधशाला निर्माण गरेको हो ।

एक रोपनी सार्वजनिक ठाउँमा कुखुरा, भैँसी, राँगो र खसी बोकाको लागि छुट्टाछुट्टै पशु बधस्थलको व्यवस्था मिलाइएको नगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । जथाभावी पशु काटिँदा वातावरण दुर्गन्धित हुनुका साथै उपभोक्ताले स्वच्छ मासु खानाबाट वञ्चित हुँदै आएकोले त्यसलाई न्यूनीकरण गर्न बधशाला निर्माण गरिएको हो । उहाँले भन्नुभयो । “बिजुली विस्तारपश्चात बधशालासम्म जाने बाटोको लागि प्रक्रिया अघि बढाइएको छ ।”

गत कात्तिक मसान्तभित्र सबै कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भए पनि बधशालासम्म पुग्ने बाटो निर्माण नहुँदा पुस महिनादेखि सञ्चालनमा ल्याउन लागिएको हो । उपभोक्ता समितिले उक्त मार्ग निर्माणमा ढिलाइ गरेमा बोलपत्र प्रक्रियामा जानुपर्ने भएकाले लक्षित समयभन्दा करिब दुई महिना ढिलाइ हुने भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

बधशाला सञ्चालनमा ल्याउनु अघि मासु व्यवसायी सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ, उपभोक्ता समितिलगायतका निकायबीच छलफल गरिने योजना छ । बधशालामा पशुबध गरिएको मासु मात्रै बिक्री गरिनेछ । वडासदस्य रविन पौडेलले भन्नुभयो, “सफा, सुग्घर स्वच्छ मासु भए नभएको अनुगमन तथा निरीक्षण कार्यलाई कडाइका साथ लागू गरिने छ ।”

बधशाला नहुँदा मासु व्यवसायीले अस्वस्थ प्रतिस्पर्धाका साथै जथाभावी काटमार गरेर अव्यवस्थित ९खुला० तरिकाले मासु ओसारपसार गर्दै आएकाले त्यसलाई समेत मध्यनजर गरी व्यवस्थित गरिन लागिएको नगरपालिकाले जनाएको छ । व्यवस्थित तरिकाले बधशाला निर्माण गरिएको तनहुँमा यो पहिलो भएको नगरपालिकाले जनाएको छ ।