१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोदो झार्ने नयाँ मेशिनको आविष्कार



अ+ अ-

पर्वत । यहाँका एक युवाले कोदो झार्ने नयाँ मेशिनको आविष्कार गर्नुभएको छ । कृषिमा आधुनिकीकरणका उपकरणको माग बढ्दै गएका बेला कुस्मा नगरपालिका–१२ ठूलीपोखरीको टुटुङ्गा घर भएका बाबुराम विश्वकर्माले कृषि क्षेत्रमा सहयोग पुग्ने कृषि औजार तयार पार्नुभएको हो ।

घरको आर्थिक अवस्था कमजोर भएकाले जसोतसो जीवन चलाइरहेका उहाँले झण्डै रु ५० हजारको लगानीमा मेशिन तयार पारेको बताउनुभयो । “गरे सम्भव हुने रहेछ, बनाउन सक्छु भन्ने आँट बोकेर प्रयास गरेको थिएँ । मैले बनाएको मेशिनले कोदो झारेको छ”, बाबुरामले भन्नुभयो, “मेरो परीक्षण सफल भएको छ ।” यसलाई परिमार्जन गर्दै अझै विकसित रूप दिन सक्ने हो भने कृषि क्षेत्रका लागि यो मेशिन महत्वपूर्ण औजार बन्न सक्छ । उमेरले २८ वर्ष पुगेका बाबुरामको योग्यता भने एसएलसीसम्म मात्रै हो । उच्च शिक्षा अध्ययन गर्ने चाहना भए पनि घरको कमजोर आर्थिक अवस्थाका कारण दैनिकी चलाउनसमेत मुस्किल भएकाले उहाँले अध्ययनलाई अगाडि बढाउन सक्नुभएन ।

मेशिनरी तथा इलेक्ट्रोनिक्स औजारमा बढी चासो राख्ने तथा सानै उमेरदेखि हाउस वायरिङ, घडी रेडियोको मर्मतलगायतका काम पनि गर्दै आएका विश्वकर्मा त्यसैमा तल्लीन रहँदै कोदो झार्ने मशिनको सफल परीक्षण पनि गर्नुभयो । झण्डै एक महिनासम्म लगातार गरेको मेहनतबाट मेशिन तयार पार्न सकेको र त्यसमा स्थानीय ठाउँमा पाइने काठ तथा फलामका सामग्री जोडेर विद्युतीय मोटरको प्रयोग भएको विश्वकर्मा बताउनुहुन्छ । विद्युत्बाट चल्ने उक्त मेशिनले एक घण्टामा छ मुरीसम्म कोदो झार्न सक्ने कार्यक्षमता रहेको छ ।

“सम्बन्धित निकायले सहयोग गरेमा यसलाई माथिल्लो स्तरसम्म पनि पु¥याउन सकिन्छ ।” बाबुरामले भन्नुभयो, “मेरो अनुरोधको सुनुवाइ भयो भने यो मेशिन कृषि क्षेत्रमा उपयोगी बन्न सक्छ ।” अहिले कोदो झार्ने मेशिन बनाएको भए पनि अबको आफ्नो प्रयास कोदोको दाना र भुस छुट्टाउन सक्ने मेशिन निर्माण गर्नु रहेको उहाँको भनाइ छ ।

धानखेती हुँदै आएको क्षेत्रमा यो मेशिनको महत्व नभएको भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा गरिँदै आएको कोदो खेतीको प्रोत्साहनका लागि मेशिनको उपयोगिता महत्वपूर्ण हुनसक्ने कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । “मैले त्यही ठाउँमा पुगेर बाबुरामले बनाएको मेशिन त हेरेको छैन तर थाहा पाएअनुसार उपयोगी बनेको छ ।” उहाँले भन्नुभयो, “कोदो झार्नका लागि अपनाइने गरेको परम्परागत शैलीलाई परिवर्तन गरेर मेशिनले काम गर्ने हो भने कोदो खेती गर्नेको सङ्ख्या बढाउन पनि सघाउ पुग्छ ।”

जिल्लामा धान लगाउन मिनी टिलर र धान झाँट्नको लागि थ्रेसर मेशिनको प्रयोग बढ्दै गएको भए पनि अन्य बालीका लागि उपयोगी हुने मेशिनरी औजार खासै भित्रिएका छैनन् । यो परिवेशमा कोदो झार्न सकिने मेशिन तयार हुनुले राम्रो भएको कृषिसँग सरोकार राख्ने बताउँछन् । अहिलेसम्म कोदो झार्नका लागि चार÷पाँच दिनसम्म घाममा सुकाउने र लौराले हानेर झार्ने गरिएको थियो ।