१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

कोदो झार्ने नयाँ मेशिनको आविष्कार

कोदो झार्ने नयाँ मेशिनको आविष्कार
अ अ+ अ-

पर्वत । यहाँका एक युवाले कोदो झार्ने नयाँ मेशिनको आविष्कार गर्नुभएको छ । कृषिमा आधुनिकीकरणका उपकरणको माग बढ्दै गएका बेला कुस्मा नगरपालिका–१२ ठूलीपोखरीको टुटुङ्गा घर भएका बाबुराम विश्वकर्माले कृषि क्षेत्रमा सहयोग पुग्ने कृषि औजार तयार पार्नुभएको हो ।

घरको आर्थिक अवस्था कमजोर भएकाले जसोतसो जीवन चलाइरहेका उहाँले झण्डै रु ५० हजारको लगानीमा मेशिन तयार पारेको बताउनुभयो । “गरे सम्भव हुने रहेछ, बनाउन सक्छु भन्ने आँट बोकेर प्रयास गरेको थिएँ । मैले बनाएको मेशिनले कोदो झारेको छ”, बाबुरामले भन्नुभयो, “मेरो परीक्षण सफल भएको छ ।” यसलाई परिमार्जन गर्दै अझै विकसित रूप दिन सक्ने हो भने कृषि क्षेत्रका लागि यो मेशिन महत्वपूर्ण औजार बन्न सक्छ । उमेरले २८ वर्ष पुगेका बाबुरामको योग्यता भने एसएलसीसम्म मात्रै हो । उच्च शिक्षा अध्ययन गर्ने चाहना भए पनि घरको कमजोर आर्थिक अवस्थाका कारण दैनिकी चलाउनसमेत मुस्किल भएकाले उहाँले अध्ययनलाई अगाडि बढाउन सक्नुभएन ।

मेशिनरी तथा इलेक्ट्रोनिक्स औजारमा बढी चासो राख्ने तथा सानै उमेरदेखि हाउस वायरिङ, घडी रेडियोको मर्मतलगायतका काम पनि गर्दै आएका विश्वकर्मा त्यसैमा तल्लीन रहँदै कोदो झार्ने मशिनको सफल परीक्षण पनि गर्नुभयो । झण्डै एक महिनासम्म लगातार गरेको मेहनतबाट मेशिन तयार पार्न सकेको र त्यसमा स्थानीय ठाउँमा पाइने काठ तथा फलामका सामग्री जोडेर विद्युतीय मोटरको प्रयोग भएको विश्वकर्मा बताउनुहुन्छ । विद्युत्बाट चल्ने उक्त मेशिनले एक घण्टामा छ मुरीसम्म कोदो झार्न सक्ने कार्यक्षमता रहेको छ ।

“सम्बन्धित निकायले सहयोग गरेमा यसलाई माथिल्लो स्तरसम्म पनि पु¥याउन सकिन्छ ।” बाबुरामले भन्नुभयो, “मेरो अनुरोधको सुनुवाइ भयो भने यो मेशिन कृषि क्षेत्रमा उपयोगी बन्न सक्छ ।” अहिले कोदो झार्ने मेशिन बनाएको भए पनि अबको आफ्नो प्रयास कोदोको दाना र भुस छुट्टाउन सक्ने मेशिन निर्माण गर्नु रहेको उहाँको भनाइ छ ।

धानखेती हुँदै आएको क्षेत्रमा यो मेशिनको महत्व नभएको भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा गरिँदै आएको कोदो खेतीको प्रोत्साहनका लागि मेशिनको उपयोगिता महत्वपूर्ण हुनसक्ने कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । “मैले त्यही ठाउँमा पुगेर बाबुरामले बनाएको मेशिन त हेरेको छैन तर थाहा पाएअनुसार उपयोगी बनेको छ ।” उहाँले भन्नुभयो, “कोदो झार्नका लागि अपनाइने गरेको परम्परागत शैलीलाई परिवर्तन गरेर मेशिनले काम गर्ने हो भने कोदो खेती गर्नेको सङ्ख्या बढाउन पनि सघाउ पुग्छ ।”

जिल्लामा धान लगाउन मिनी टिलर र धान झाँट्नको लागि थ्रेसर मेशिनको प्रयोग बढ्दै गएको भए पनि अन्य बालीका लागि उपयोगी हुने मेशिनरी औजार खासै भित्रिएका छैनन् । यो परिवेशमा कोदो झार्न सकिने मेशिन तयार हुनुले राम्रो भएको कृषिसँग सरोकार राख्ने बताउँछन् । अहिलेसम्म कोदो झार्नका लागि चार÷पाँच दिनसम्म घाममा सुकाउने र लौराले हानेर झार्ने गरिएको थियो ।