१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

‘बेटर नेपाल’द्वारा भ्रमण वर्ष–२०२० लक्षित पदयात्रा कार्यक्रम घोषणा

‘बेटर नेपाल’द्वारा भ्रमण वर्ष–२०२० लक्षित पदयात्रा कार्यक्रम घोषणा
अ अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर ‘हेरिटेज वाक’ हु्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘बेटर नेपालले’ उक्त पदयात्रा गर्ने घोषणा गरेको हो ।

‘नेपालको सम्पदा हाम्रो गौरब’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । उक्त पदयात्रामा बेटर नेपालको संयोजकत्वमा अन्य ३० वटा भन्दा बढी सामाजिक संघसंस्थाहरु आबद्ध कार्यक्रमकी अध्यक्ष माला खरेलले बताईन् । उनले यस कार्यक्रममा नेपालका तीनै तहका सरकारका निकाय, सुरक्षा निकाय, युवा विद्यार्थी, विशिष्ट कलाकारहरु, सरसफाई अभियन्ता, सामाजिक अभियन्ता, पत्रकार र नागरिकहरुको सभागिता रहने बताईएको छ ।

कार्यक्रमा अन्तर्राष्टिय धावक बैकुण्ठ मानन्धरले उक्त पदयात्रा सरसफाइको लागि मात्र नभएर स्वास्थ्यको लागि पनि महत्वपूर्ण हुने बताए । उनले भने,‘हामीले तेस्रो, चौथो मुलुकका डलरवालाभन्दा धर्म, संस्कार, संस्कृति, भेषभुषा मिल्ने नजिकका छिमेकीलाई भ्रमण वर्षमा बढी आकर्षित गर्नुपर्छ । किनभने भारत र चीनमा हिन्दू र बौद्धिष्टहरु बढि छन् । उनीहरुलाई नेपालमा ल्याउन सकियो भने भ्रमण फलदायी हुनेछ ।’

प्रदेश नम्बर ३ का सांसद् गणेश दुलालले पनि भ्रमण वर्षमा छिमेकी मुलुकका पर्यटकहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका संयोजक किशोर सिंह शाहीले पदयात्राले पर्यटन प्रवद्र्धनमात्रै नगरेर स्वास्थ्यलाई फाईदा हुने डाक्टरले पनि प्रमाणित गरेको बताए ।

कार्यक्रममा चक्रपपथ सफाइ अभियन्ता ताराबहादुर कुँवर, विष्णुमति सरसफाइ अभियन्ता शोभाकान्त पराजुलीले पनि नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरसफाईलगायत विभिन्न नेपालको संस्कार, संस्कृति, कलाकृति झल्किने काममा जोड दिनुपर्ने बताए । कार्यक्रम सञ्चालन किशोर सिंह शाही गरेका थिए ।
पदयात्रा कार्यक्रम यही पुस १२ शनिबार पशुपति मन्दिर परिसरबाट विहान ८.१५ बजेदेखि सुरु भएर वसन्तपुर दरबार पुगेर समापन हुनेछ । पुस १९ गते शनिबार माइतीघर मण्डलादेखि स्वयम्भु स्तुपासम्म विहान ८.१५ देखि नै हुने पनि आयोजकले जनाएको छ ।

पुष २६ गते शनिबार पाटनढोकादेखि पाटन कृष्ण मन्दिरसम्म विहान ८ः१५ मै सम्पन्न हुनेछ । त्यसैगरी माघ ४ गते शनिबार नयाँ ठिमी शंखधरचोकबाट भक्तपुर दरबार परिसरसम्म बिहान ८ः१५ बजे नै हुनेछ ।