१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भयानक चिसो: काठमाडौँको तापक्रम १ डिग्री, जु्म्लामा पुग्यो माइनस ६



अ+ अ-

काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ। काठमाडौंको तापक्रम आज यस वर्षकै कम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए। यसअघि हिजो काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो।मौसमविद् पौडेलकाअनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ।

‘राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ। चिसो बढ्ने क्रममा छ।’ अब दिन छोटो र रात लामो हुँदै गएकाले तापक्रम घटबढ भइरहनेछ। यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। माइनसमा पुग्ने सम्भावना भने छैन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार जु्म्लामा माइनस ६, जिरीमा माइनस २ र जोमसोममा माइनस १/२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

तराईका जिल्लामा पनि चिसो बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ। बिहानको समयमा तराईमा हुस्सुरकुहिरो लाग्ने र हिमपात पर्ने स्थानमा चिसोको असर पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।