१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

सौन्दर्यकर्मी तथा कलाकारहरु रश्मिलाज फेसियल हाउसबाट सम्मानित

सौन्दर्यकर्मी तथा कलाकारहरु रश्मिलाज फेसियल हाउसबाट सम्मानित
अ अ+ अ-

रश्मिलाज फेसियल हाउसले १२ औं वार्षिक उत्सब विभिन्न कार्यक्रमको आयोजना सहित बुधबार मनाएको छ । काठमाडौंको काठमाडौं मल र बिजी मलमा रहेको रश्मिलाज फेसियल हाउसले बसुन्धराको पानस व्याँकेटमा सम्मान र विविध सांस्कृतिक कार्यक्रम सहित १२ औं वार्षिक उत्सब मनाईएको हो ।

कार्यक्रममा अभिनेत्री, गायक, गायिका, वरिष्ठ ब्युटिसियन, फेशन डिजाईनर, समाजसेवी लगायतलाई सम्मानित गरिएको हो । सौन्दर्य क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर योगदान दिएको भन्दै वरिष्ठ ब्युटिसियन सीता पाठक न्यौपाने, ब्युटी सेक्रेट खिचापोखरीकी वरिष्ठ सौन्दर्यकर्मी सुमित्रा रन्जित, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रवि भवनकी वरिष्ठ सौन्दर्यकर्मी सोनी कारन्जित बिरिष्ट सौन्दर्यकर्मी सम्मानबाट सम्मानित गरियो ।

यस्तै सौन्दर्यकर्मी सरु श्रेष्ठ, हेयर स्टाइलिस्ट रायन मंगोलियन सौन्दर्यकर्मी सम्मानबाट सम्मानित भए । यसैगरी कार्यक्रममा कला क्षेत्रमा पुर्याएको योगदान स्वरुप अभिनेत्री सरिता लामिछाने, गायक कुलेन्द्र विक, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल काफ्लेलाई सम्मान गरियो । यस्तै सञ्चार क्षेत्रबाट सञ्चारकर्मी सविता पोखरेल, व्यवसाय क्षेत्रबाट व्यवसायी वसन्ती अधिकारी, सामाजिक अभियान्ताबाट दीक्षा चापागाईंलाई पनि सम्मानित गरियो ।

कार्यक्रमकी प्रमुख अतिथि, राष्ट्रिय सभाकी सांसद एवं गायिका कोमल ओली, नेपाल चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष एवं नायिका रेजिना उप्रेती, नेपाल चलचित्र निर्देशक समाजकी पूवै अध्यक्ष सुचित्र श्रेष्ठ, रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवं वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ, सो फेसियल हाउसका प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठ लगायतले सो सम्मान प्रदान गरेका हुन्

साँसद कोमल ओलीले आफु रश्मिलाज फेसियल हाउसको नियमित ग्रहक भएको र त्यहाँको सेवा प्रशंसनीय रहेको बताइन् । नारीहरू आफैंमा सुन्दर हुने गरे पनि सौन्दर्यकर्मीले अझ सुन्दर बनाउने गरेको सांसद ओलीले बताइन् ।

प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठले कार्यक्रममा बोल्दै १२ वर्षमा रश्मिलाज फेसियल हाउसले काठमाडौं मल र बीजी मलबाट सौन्दर्यसम्बन्धी निरन्तर सेवा दिँदै आएको बताए ।
सम्मानित श्रष्टा कुलेन्द्रले सलको पात‘जस्तो हिट गीत गाएर दर्शक नचाईन् । उनलाई स्वरमा सांसद एवं गायिका कोमल ओलीले साथ दिईन् । धु्रब बिस्कोले पनि केही हिट गीतहरु सुनाएका थिए ।