१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाएको थियो ।

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । शवको प्रकृति हेर्दा पुरुषको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी आवश्यक अनुसन्धान अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।