१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

गाउँमा प्रभावकारी एम्बुलेन्स सेवा

गाउँमा प्रभावकारी एम्बुलेन्स सेवा
अ अ+ अ-

काठमाडौँ । छ महिनादेखि जाजरकोट अस्पताल एम्बुलेन्स विहीन भएको छ । दैनिक बिरामीको भिड लाग्ने अस्पतालमा एम्बुलेन्स नहुँदा जिल्ला बाहिर ‘रिफर’ भएका बिरामीले सास्ती भोग्नुपरेको छ । छ महिनाअघि एम्बुलेन्समा खराबी आउँदा मर्मत गर्न नेपालगञ्ज पठाइएको तर आवश्यक रकम नहुँदा समस्या भएको हो ।

जाजरकोटका गाउँ, गाउँमा स्थानीय सरकारले एम्बुलेन्स सेवा प्रभावकारी रुपमा चलाएका छन् । शिवालय गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गरेको छ । एम्बुलेन्स सञ्चालन कार्यविधि २०७५ निर्माण गरेर गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका गर्भवतीलाई सेवा निःशुल्क दिँदै आइएको छ । त्यस्तै ८० वर्षभन्दा माथिका वृद्ध, गरिबलाई ८० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलव्ब्ध हुँदै आएको छ । प्राकृतिक प्रकोपमा परेका स्थानीयवासीलाई एम्बुलेन्समा निःशुल्क सेवा दिँदै आएको अधिकृत शर्माले जानकारी दिनुभयो । अन्य स्थानीयवासी बिरामी हुँदा गाउँपालिकाभित्र रु ५०० शुल्क निर्धारण गरिएको छ ।

गाउँपालिकाका स्वास्थ्य संस्थाको स्वास्थ्य अवस्था सुधार गर्नका लागि प्रत्येक महिनामा स्वास्थ्य प्रमुखलाई गाउँपालिकामा बोलाएर समीक्षा बैठक हुँदै आएको छ । समस्या भएको ठाउँमा सुधार गर्नुपर्ने, औषधि व्यवस्थापनका कार्यहरु छिटोछरितो गर्न मौज्दात स्टक राख्ने काम हुँदै आएको छ ।

गाउँपालिकाभित्र रहेका स्थानीयवासीलाई रेविज विरुद्धको भेक्सिन लगाउन छेडाचौरमा भेक्सिनको भण्डार राखेर गाउँमै सेवा दिइँदै आइएको छ । भेक्सिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हट्दा स्थानीयवासीको आर्थिक हानी कम भएको छ । यत्ता नलगाड नगरपालिकाले एम्बुलेन्स खरिद कार्य अगाडि बढाएको छ । सदरमुकाममा रहेको ५० शै्याको स्वास्थ्य सेवा कार्यालयमा भने छ महिनादेखि एम्बुलेन्स नहुँदा समस्या हुँदै आएको छ ।

पटकपटक प्रदेश सरकारलाई एम्बुलेन्सका लागि आग्रह गर्दा पनि हुन्छ भन्ने जानकारी पाएको तर काम नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानाकारी दिनुभयो । त्यस्तै दरबन्दीअनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवामा अप्ठयारो पर्दै गएको छ । करारमा कार्यरत चिकित्सकको भरमा स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । एम्बुलेन्स सञ्चालनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आग्रह गरिएको र आफैले जाजरकोट आउँदा व्यवस्थापन गर्छु भने पनि अहिलेसम्म सो कार्यान्वन हुन सकेको छैन ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पहिलो सुधारको कुरा मन्त्रालयबाट शुरु गरिएको बताउनुभयो । पोशाक भत्ता लिने तर पोशाक प्रयोग नगर्ने कार्य बढेकाले त्यहाँबाट सुधारको कार्य अगाडि बढाएको मन्त्री रावतले बताउनुभयो । आज कर्णाली प्रदेशका पत्रकारसँग मन्त्रालयमा गरिएको भेटघाटका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो , “सरकारी छात्रवृत्तिमा पढ्ने तर दुर्गममा जान ईच्छा नदेखाउने चिकित्सकहरु धेरै हुनुहुन्छ, हामी उहाँहरुलाई दुर्गममा गएर सेवा गर्न आग्रह गछौँ ।”

स्थानीय सरकारले आफ्नो अधिकार के हो भन्ने कुरा राम्रोसँग ज्ञान हुनु जरुरी रहेको भन्दै उहाँले थप्नुभयो , “हामी सबै खालका वेथिति अन्त्य गर्ने अभियानमा लागि सकेको छौँ, अब औषधि नपाएर कोही पनि पर्नुनपर्ने अवस्था सिर्जना गर्दै छौँ ।” कर्णालीको नाम बिक्री गरेर काठमाडौँमा बस्ने चलनको अन्त्य गर्न त्यहाँका जनप्रतिनिधिले सकारात्मक भूमिका खेल्नुपर्ने मन्त्री रावतले जोड दिनुभयो ।