१२ भाद्र २०८३, शुक्रबार
,
Latest
ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा कार्यालयमा शान्तिपूर्ण धर्ना (भिडियो सहित)



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रिय पार्टी कार्यालयमा धर्ना दिएका छन् । सोमवार लोसपाको केन्द्रिय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णयलाई सच्याउन जोड दिनुभयो । उहाँले एक ब्यक्ति एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने माग रहेको बताउनुभयो ।

ठाकुरले भन्नुभयो, ‘हाम्रो अध्यक्षज्यूबाट जुन खालका निर्णय भयो । जस्तै प्रदेश अध्यक्षमा र जिल्ला अध्यक्ष । प्रदेश सचिव, जिल्लाको पर्यवेक्षक तथा अन्य मनोनित पदमा हाम्रै साथीहरुलाई नियुक्ति गर्नुभएको छ । हाम्रो निर्णयप्रति आपत्ति हो । धेरै साथीहरु उहाँको निर्णयबाट असन्तुष्ट हुनुहुन्छ । निर्णयलाई सच्याउनुस् । वान म्यान वान पोष्टको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउने खालका निर्णयहरु गर्नुस् । पार्टीमा मनोमानी किसिमले मनोनित गर्न मिल्दैन ।’

उहाँले पार्टी अध्यक्ष ठाकुरले अहिलेको युगमा एकल निर्णय अलोकतान्त्रिक मानिने भएकोले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता हुनुपर्नेमा जोड दिनुभयो ।