१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

हनुमन्ते करिडोरको काम छिटो सक्न निर्देशन

हनुमन्ते करिडोरको काम छिटो सक्न निर्देशन
अ अ+ अ-

काठमाडौं । यहाँको हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते करिडोरको सङ्घीय संसद् विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गरेको छ । समितिका सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले बुधबार बालकुमारीदेखि जडीबुटी हुँदै राधेराधेसम्मको हनुमन्ते नदी किनारामा निर्माण भइरहेको करिडोरको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।

अनुगमन निरीक्षणमा सभापति खड्काले जडीबुटी–कोटेश्वरको सवारी जामको हल गर्न पनि हनुमन्ते करिडोर निर्माण कार्य छिटो र छरितो ढङ्गले सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभयो । विकास निर्माणका कार्यमा जुनसुकै ठाउँमा पनि समस्या आउनसक्ने भएकाले समस्यालाई वार्ता र छलफलका माध्यमबाट समस्या समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

करिडोरको दायाँबायाँ निर्माण गरिने सडकको चौडाइ जतिसक्दो ठूलो बनाउनुपर्नेमा जोड दिँदै उहाँले एक छिनको समस्याले गर्दा भविष्यलाई नै असर पर्ने गरी काम गर्नु नहुनेमा जोड दिनुभयो । स्थानीय तहले करिडोर निर्माणमा उत्पन्न गरेको समस्यालाई समितिले विशेष पहल गरी समाधानको उपाय निकाल्ने उल्लेख गर्दै उहाँले सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएका सम्पूर्ण जग्गा पुनःसार्वजनिक नै बनाउन समितिले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसद महेश बस्नेतले करिडोर निर्माणलाई तीव्रता दिइ कोटेश्वर–जडीबुटीको जामलाई न्यूनीकरण गर्न हनुमन्ते तथा मनोहरा नदीको करिडोर सम्पन्न गर्नु अपरिहार्य रहेको बताउनुभयो । सांसद बस्नेतले करिडोर अरनिको राजमार्गको वैकल्पिक मार्गका रुपमा प्रयोगमा आउने बताउँदै करिडोरसँग जोड्न रिङ रोडसमेत तीव्र गतिका साथ निर्माण भइरहेको जानकारी गराउनुभयो ।

मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले जग्गा एकीकरण आयोजनाका माध्यमबाट समस्या समाधानको बाटोमा अघि बढेको जानकारी गराउँदै करिडोरको दायाँबाँया २०–२० मिटरको सडक भए पनि ११–११ मिटर सडक र बाँकी ९–९ मिटरमा हरियाली बनाउने लक्ष्य रहेको समितिको टोलीलाई सांसद बस्नेतले जानकारी गराउनुभयो ।

अनुगमनमा खानेपानी मन्त्रालयअन्तर्गतको पिआइडीका प्रतिनिधि भोजविक्रम थापाले उपत्यकाको फोहर पानी तथा ढलको प्रशोधन गरी मल तथा बायोग्यास निर्माणको कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो ।

उहाँले प्रशोधित पानी नदीमा बग्न थालेपछि उपत्यकाको वातावरणमा भएको प्रदूषण न्यूनीकरण हुने दाबी गर्दै ४० करोड लिटर फोहर पानी तथा ढल सङ्कलन गरी मल तथा बायोग्यास निकाल्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । हाल भने एक हजार ३४० लिटरको फोहर पानी तथा ढल प्रशोधित गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो ।

वाग्मती आयोजनाका प्रतिनिधि लीलाप्रसाद ढकालले सम्बन्धित निकायसँगको छलफल र सहयोगमा ढललगायतका कार्य गरिरहेको जानकारी गराउनुभयो । उहाँले हनुमन्ते नदीको करिडोर निर्माणमा जनप्रतिनिधिले लिखितरुपमा रोक्न निर्देशन दिएकाले निर्माण कार्यमा कठिनाइ हुँदै आएको टोलीलाई जानकारी गराउनुभयो ।

करिडोर निर्माणको पहिलो चरणको काम सकिएपछि दोस्रो चरणअन्तर्गत रु एक अर्ब ९९ करोडको लागतमा निर्माण कार्य भइरहेको छ । एकतर्फी करिब आठ किलोमिटर तथा दुईतर्फी गरी करिब १६ किलोमिटर करिडोर निर्माण गरिनेछ ।

उक्त करिडोरमा हनुमन्ते नदीको पानी बग्ने भाग २० मिटर तथा दायाँबाँया करिडोर २०–२० मिटर गरी कूल ६० मिटर चौडाको करिडोर निर्माण हुने भएको छ भने सडकको बीच भागमा नौ मिटरको हरियाली निर्माण गरिने छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत उच्चस्तरीय अधिकार सम्पन्न एकीकृत वाग्मती परियोजना एकाइ समितिद्वारा निर्माण कार्य भइरहेको उक्त करिडोर भक्तपुरका लागि मात्र नभई उपत्यकावासीका लागि नै विकासको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको बताइएको छ ।