१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

दुई वर्षमा ३२६ छोरीका खाता

दुई वर्षमा ३२६ छोरीका खाता
अ अ+ अ-

रारा । मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुँच पुर्याउन शुरु गरेको ‘एक छोरी एक खाता’ कार्यक्रममा गत आर्थिक वर्षसम्म ३२६ जना छोरी सहभागी भएका छन् ।

नगरपालिकाले आर्थिक अभावमा विद्यालयमा बालिकालाई चाहिने किताब, कापीलगायत आवश्यकपर्ने अन्य स्टेशनरी सामान किन्न र विद्यालय पठाउन सहज होस भनेर आव २०७४/०७५ बाट एक छोरी एक खाता कार्यक्रम शुरु गरेको थियो ।

पहिलो नगरसभाबाट एक छोरी एक खाता सञ्चालन कार्यविधि पारित गर्दै नगर क्षेत्रमा जन्मने छोरीको वित्तीय संस्थामा खाता खोल्ने, सो खातामा नगपालिकाले पाँच वर्षेसम्म नियमित रकम जम्मा गरिदिने र पाँच वर्षपछि विद्यालय भर्ना भएको भर्ना अभिलेख ल्याएमा उक्त खातामा रहेको रकम मासिकरुपमा झिक्न मिल्ने प्रावधानसहितको कार्यविधि पास गरेको थियो ।

नगरक्षेत्रमा छोराभन्दा छोरीको विद्यालय बीचैमा छोड्ने दर बढी देखिएको छ । विद्यालय छाड्नुमा आर्थिक अभावले कापी, कलम, पोशाक, अन्य खर्च गर्न नसक्नु र त्यसको पीडित छोरी हुने गरेकोले कार्यक्रम मार्फत छोरीको शिक्षामा पहुँच पुर्याउन नगरपालिकाले यो अभियान शुरु गरेको नगरप्रमुख हरिजंग शाहीले बताउनुभयो ।

नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको छायाँनाथ साकोससँग छोरीको खाता खोल्न सम्झौता गरेको छ । सहकारीले पाँच वर्षको अवधिमा बचत खाता खोलिदिने र नगरपालिकाले जम्मा गरिदिएको रकममा वार्षिक १३ प्रतिशत व्याज दिने गरेको छायाँनाथ सहकारीका व्यवस्थापक हरिबहादुर शाहीले बताउनुभयो ।

वडा कार्यालयको सिफारिस र जन्मदर्ताको प्रतिलिपिसहित नगरपालिकाको महिला तथा बालबालिका शाखामा खाता खोल्न छोरीका अभिभावकले छोरी जन्मेको ३५ दिनभित्र सम्पर्क गर्नुपर्छ । वर्षभरिमा जम्मा भएका छोरीको निवेदनलाई नगरसभाले छुटाएको बजेट दामासाहीका दरले भाग गरी सहकारीमा आर्थिक वर्षको अन्तमा खाता खोल्ने गरिएको छ ।

आव २०७४/०७५ मा नगरसभाले रु पाँच लाख रकम छुट्याएको र त्यो बेला १९४ छोरीका खाता खोलिएको थियो । सो समयमा प्रतिखाता दुई हजार ५८० का दरले रकम जम्मा भएको र आव २०७५/०७६ मा नगरसभाले एक छोरी एक खातालाई चार लाख छुट्याएकाले सो रकम आवेदन दिएका १३२ छोरीलाई भाग गर्दा प्रतिछोरीको खातामा तीन हजार ३० रुपैयाँ जम्मा भएको नगरपालिकाका लेखापाल जगतजंग रावलले बताउनुभयो ।

पहिलो नगरसभामा अनुभव नभएकाले कार्यविधिमा धेरै कुरा छुटेको अहिले महसुस भएकाले आगामी छैटौँ नगरसभामा छोरीलाई दामासाही भागभन्दा नियमित र नयाँ गरी दुई शीर्षकमा रकम विनियोजित गर्ने र मासिकरुपमा नियमित रकम जम्मा गर्ने व्यवस्था मिलाउने नगर प्रमुख शाहीले बताउनुभयो । चालू आवमा नगरपालिकाले एक छोरी एक खाताका लागि रु पाँच लाख रकम विनियोजन गरेको छ ।

कर्णाली प्रदेशभरिमै छोरीका लागि खाताको व्यवस्था गर्ने यो नै पहिलो स्थानीय तह हो । यही नगरपालिकाको सिको गर्दै कणाली प्रदेश सरकारले पनि यो आवबाट बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम शुरु गरेको छ । उसले यो आवबाट यो प्रदेशमा जन्मने छोरीलाई बैंकमा खाता खोलिदिने र उक्त खातामा मासिक सरकारले रु ५०० जम्मा गरिदिने भएको छ । यो कार्यक्रमका लागि प्रदेश सरकारले रु तीन करोड ८४ लाख रकम विनियोजित गरेको र मुगु जिल्लामा रहेका चार स्थानीय तहका लागि प्रतिस्थानीय तह तीन लाखका दरले १२ लाख छुट्याएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ ।