१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

‘निजामति कर्मचारीलाई कार्यसम्पादनका आधारमा बढुवा हुनपर्छ’

‘निजामति कर्मचारीलाई कार्यसम्पादनका आधारमा बढुवा हुनपर्छ’
अ अ+ अ-

काठमाडौं । सांसदहरुले निजामति सेवाका कर्मचारीलाई लोकसेवामा आन्तरिक प्रतिस्प्रधामा जान पाउने व्यवस्थाले काम छाडेर तयारी गर्ने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको दफा ९ माथि छलफल गर्दै विधेयकमा यस्तो व्यवस्था हटाइनुपर्ने बताएका हुन् । सांसद पम्फा भुसालले काम गरेर भन्दा किताब पढनेहरुले महत्व पाउने स्थिति बन्दा यस्तो अवस्था आएको बताउनु भयो । उहाँले कर्मचारीको आन्तरीक प्रतियोगिता नराखि कार्यसम्पादनका आधारमा बढुवा हुने व्यवस्था राख्नुपर्ने बताउनुभयो । सांसद बृजेशकुमार गुप्ताले चाकरी गरेर तथा किताब पढेर मात्र नभई कमको मुल्याङ्कन गरी बढुवा हुने व्यवस्थामा जोड दिनुपर्ने बताउनुभयो ।

सांसद नवराज सिलवालले पछिल्लो समय ५ जना सहसचिव पदको लागि आन्तरिक प्रतिस्प्रधा खुल्दा १८ सय कर्मचारीले काम छाडेर तयारी गरिरहेको बताउँदै सरकारकै कम्प्युटर, सरकारकै इन्टरनेट तथा सरकारकै तलब खाएर आफ्नो लक्ष्य पुरा गरिरहेको बताउँदै यस्तो विकृति हटाउनु विधेयकमा आन्तरिक प्रतिस्प्रधाको व्यवस्था हटाइनुपर्ने बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले शाखा अधिकृत पास गरेपछिको ५ वर्ष पछि माथिल्लो तहमा बढुवाका लागि आन्तरिक तर्फबाट प्रतिस्प्रधा गर्न पाउने व्यवस्थाले ३ वर्ष सम्म काम गर्ने र पछिल्लो २ वर्ष तयारी गर्ने प्रवृति निजामति कर्मचारीमा रहकोले त्यसलाई हटाउने गरी विधेयक ल्याउनुपर्ने बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले निजामति सेवालाई ठुलो औद्योगीक प्रतिष्ठानको रुपमा हेर्ने प्रवृतिले समस्या आउने गरेको बताउनुभयो । उहाँले परम्परागत प्रवृतिलाई हेरेर विधेयक बनाउँदा यस्तो समस्या आएको बताउनुभयो ।

छलफल पछि विधेयकमा राखिएको राजपत्राङ्कित प्रथम श्रेणी र द्धितिय श्रेणीमा आन्तरिक प्रतियोगिता तर्फ २० प्रतिशतबाट पदपूर्ति गर्ने व्यवस्थालाई हटाईएको छ । यससँगै निजामति सेवामा कार्यरत कर्मचारीहरु आन्तरिक प्रतियोगिताद्धारा माथिल्लो तहका लागि प्रतिस्प्रधामा जान नपाउने भएका छन् ।