१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम गर्ने स्थान खाली नहुँदा ढल निर्माण अन्योलमा



अ+ अ-

काठमाडौँ । हनुमन्ते नदीको दायाँबायाँ ढल निर्माणका लागि गरिएको ठेक्का सम्झौताको अवधि करिब १० महिना बाँकी रहँदा अझै काम गर्ने स्थान खाली हुन सकेको छैन । विसं २०२१ को नापीअनुसार नदी कायम भएको स्थानमा अहिले घरलगायतका संरचना बनेका छन् । त्यसैले नदी अहिले बगिरहेको स्थानलाई मानेर ढल निर्माण गर्ने कि पहिले भएको स्थानमा कायम गराएर निर्माण गर्ने भनी अन्योल रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका परियोजना निर्देशक भोजविक्रम थापाले बताउनुभयो ।

हनुमन्ते नदीमा २५ किलोमिटर ढल निर्माण गर्न सम्झौता भएकामा १६ किलोमिटर क्षेत्रमा निर्माण अघि बढे पनि झण्डै नौ किलोमिटर क्षेत्रमा समस्या रहेको छ । उहाँले भन्नुभयो, “बालकुमारीदेखि सागबारीको तल्लो क्षेत्रमा यस किसिमको समस्या रहेको छ ।” यस स्थानमा ढल निर्माणका लागि स्थानीयवासी र स्थानीय तहबाटसमेत आवश्यक सहयोग नभएको आयोजनाले जनाएको छ । ‘साइट’ पाउँदा काम तुरुन्त सम्पन्न गर्न सकिने भए पनि अहिले काम अघि बढ्न नसकेको निर्देशक थापाले बताउनुभयो ।

आयोजनाले काठमाडौँ उपत्यकाका नदी किनारामा ढल निर्माणको काम गरिरहेको छ । शहरी विकास मन्त्रालयले नदी किनारामा नै हरियाली क्षेत्र छुट्याएर करिडोर निर्माणलाई अघि बढाएको छ । मुख्य सडकको सवारी चाप कम गर्ने उपायका रुपमा करिडोरलाई हेरिए पनि ढल निर्माण नहुँदा सडक पनि अन्योलमा छ ।