काठमाडौँ । गत शनिबार इरानले गरेको हवाई आक्रमणमा परी युएइमा मारिएका दिवस श्रेष्ठको आज पशुपतिमा अन्त्येष्टि गरिएको छ ।
दिउँसो १:३० बजे एयर अरेबियाको जहाजबाट दिवस शव काठमाडौँ ल्याइएको उहाँका आफन्त समेत रहनु भएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो । युएइमा रहेका गोरखा निवासी श्रेष्ठको गत शनिबार इरानले गरेको हवाई आक्रमणमा परी ज्यान गएको थियो ।
शनिबार अमेरिका र इजरायलले इरानमा हमला गरेपछि इरानले पनि युएइमा रहेको अमेरिकी सैनिक शिविरमा आक्रमण गरेको थियो । त्यस क्रममा नेपालका दिवस सहित पाकिस्तान, बंगलादेशका समेतगरी ४ जनाको ज्यान गएको थियो ।











