५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?



अ+ अ-

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१ स्थनामा मतणना भइरहँदा चार निर्वाचन क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन ।

भौगोलिक कठिनता र मौसमी खराबीका कारण दुर्गम क्षेत्रको मतपेटिका सङ्कलमा ढिलाइ हुँदा ती निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। सङखुवासभा निर्वाचन क्षेत्र नं १, गोरखा क्षेत्र नं १, मुगु क्षेत्र नं १ र धनुषा क्षेत्र नं १ मा मतगणना सुरु हुन सकेको छैन ।

सङ्खुवासभामा मतपेटिका सङ्कलन भएको र सर्वदलीय बैठक बसेर केही समयमै मतगणना प्रारम्भ गर्ने तयारी छ । गोरखा १ मा पनि दुर्गम क्षेत्रबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मटपेटिका सदरमुकाम ल्याइएको छ । त्यस्तै मुगुमा पनि मटपेटिका सङ्कलन हुनेबित्तिकै गणना गर्ने तयारी छ ।

धनुषा निर्वाचन क्षेत्र नं १ भने मतगणनाका विषयमा सर्वदलीय सहमति खोज्ने प्रयास जारी रहेको र केही समयमै गणना प्रक्रिया अघि बढ्ने जनाइएको छ ।


 




भर्खरै