१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

राजश्व चुहावट नियन्त्रण गर्न छलफल

राजश्व चुहावट नियन्त्रण गर्न छलफल
अ अ+ अ-

विराटनगर । राजश्व चुहावट नियन्त्रण र उद्योग व्यापारमा देखिएका समस्या समाधान गर्न राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भन्सार विभाग, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घबीचको छलफल शनिबार यहाँ सम्पन्न भएको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आन्तरिक राजश्व, भन्सार, राजश्व विभाग प्रत्यक्ष उद्योग/व्यापार क्षेत्रसँग सरोकार राख्ने निकाय भएकाले उद्योग/व्यवसाय क्षेत्रको समस्या समाधानमा यी तीन निकायको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले राजश्व चुहावट नियन्त्रण गर्न ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलतालाई सहज बनाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग/व्यवसाय क्षेत्रका समस्या प्रस्तुत गर्दै उद्योग र व्यापार/व्यवसाय निर्वाधरूपमा सञ्चालन गर्न कानूनी असपष्टता रहेको बताए । आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले व्यवसायीले भोग्नुपरेको समस्या समाधानमा आन्तरिक राजश्व विभागले सदैव सहयोग पुर्याउने बताए ।

उनले औद्योगिक क्षेत्रको उत्पादन वृद्धि भई व्यापारमा सन्तुलन ल्याउनका साथै मुलुकलाई समृद्ध बनाउने निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने कुरामा जो दिए । निर्देशक कुँवरले निजी क्षेत्रको विकासका लागि नीतिमा देखिएका अप्ठ्यारालाई क्रमशः सच्याएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले उद्योगी/व्यवसायीबाट प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले बदलिँदो नीति नियममा शुरुआती चरणमा अप्ठ्याराहरु देखिएको भए पनि यसलाई क्रमशः सुधार गरिँदै लगिएको जानकारी दिए ।

भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्दै समृद्ध राष्ट्र बनाउन सरकारसँगै निजी क्षेत्रसमेत बलियो हुनुपर्ने धारणा राखे । कार्यक्रममा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष, कार्यकारिणी समिति सदस्य, जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं प्रतिनिधि, राजश्व अनुसन्धान कार्यालय इटहरी, भन्सार कार्यालय विराटनगर, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख तथा उद्योगी व्यावसायीको सहभागिता थियो ।