१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

पाँच हजार ९९७ लाभग्राहीले बुझे तेस्रो किस्ता

पाँच हजार ९९७ लाभग्राहीले बुझे तेस्रो किस्ता
अ अ+ अ-

खोटाङ । भूकम्पका कारण घरविहीन बनेका खोटाङका पाँच हजार ९९७ लाभग्राहीले तेस्रो किस्ता पाएका छन् । पहिलो किस्ता लिने आठ हजार ३३२ लाभग्राहीमध्ये सात हजार ३९६ लाभग्राहीले दोस्रो किस्ता बुझेका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा पुनःनिर्माणतर्फका आठ हजार ४६२ र प्रवलीकरणतर्फका ३६१ परिवार गरी कूल आठ हजार ८२३ लाभग्राही रहेका छन् । पुनःनिर्माणको काम शुरु हुनुअगावै घर बनाएका ३५७ भूकम्पपीडितले एकमुष्ट रु तीन लाख अनुदान पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार०को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना भएको चार वर्ष पुगेको अवसरमा कार्यालयले दिक्तेलमा भएको अन्तक्र्रियामा आयोजना गरेको थियो । विसं २०७४ वैशाख ३ गतेदेखि सम्झौता शुरु गरेको पुनःनिर्माण प्राधिकरणले विसं २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता वितरण थालेको थियो ।

भूकम्प गएको चार वर्ष बितिसक्दासमेत खोटाङमा पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको अन्तक्र्रियामा जानकारी दिइयो । पहिलो किस्तावापत रु ५० हजार रकम बुझेर अझै आवास निर्माणको काम शुरु नगर्ने लाभग्राहीको सङ्ख्या पनि उत्तिकै मात्रामा रहेको जनाइएको छ ।