१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा मत गणना सुरु



अ+ अ-

बाजुरा। बाजुरामा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मत गणना सुरु भएको छ ।

आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार आज बेलुकी ७ बजेदेखि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार ११८ मतदान केन्द्रको मतपेटिका मत गणनास्थलमा ल्याइसकेपछि हिमाली गाउँपालिकाबाट मत गणना सुरु गरिएको हो । जिल्लामा ८७ हजार ८६१ मतदाता कायम रहेकामा ५१ दशमलव ६६ प्रतिशत अर्थात् ४५ हजार ३० मत खसेको थियो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । रासस