१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि



अ+ अ-

धनकुटा।  सुरुआती अग्रता लिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ ।

एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई उछिन्दै श्रम संस्कृति पार्टीका सानबहादुर राई ५५० मतले अगाडि हुनुहुन्छ । एमालेका राईले एक हजार ४० र श्रम संस्कृतिका राईले एक हजार ५९० मत पाउनुभएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका दिनेश राईले ५९०, रास्वपाका दिनेश भण्डारीले १४४ मत, जसपा नेपालका आइतराज लिम्बूले ६७ मत प्राप्त गर्नुभएको छ । कुखुराको भाले चिह्नका मङ्गोल नेसनल अर्गनाइजेसनले हालसम्म एउटा पनि मत पाएको छैन ।

अन्य दलका उम्मेदवारले तीनदेखि ३५ मत पाएका निर्वाचन कार्यालय धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले जानकारी दिनुभयो ।

जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता छन् । हालसम्म ३३८ मत बदर भएको छ । निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्र र १४ दलसहित १७ जनाको उम्मेदवारी परेको थियो । रासस