१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस सरकार बाढीपीडित नागरिकसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरु सामाजिक सञ्जालमा रमाइरहेका छन्ः झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीका दुई क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्तगरी अग्रता कायम राखेका छन्।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मत प्राप्तगरी पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार फागुराम चौधरी ६४६ मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४४१ मत प्राप्त गरेर कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरलाई उछिनेका छन् । स्वाँरले ४०७ मत पाएका छन् । रास्वपाका केपी खनालले ३१६ मत पाएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ को पछिल्लो मत गणनाको परिणामअनुसार रास्वपाका आनन्दबहादुर चन्दले तीन हजार ९४४ मत पाएका छन् । नेपाली कांग्रेसका नरनारायण शाहले एक हजार ४७५ मत र नेकपा (एमाले) का यज्ञराज ढुङ्गानाले ८४६ मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ६०४ मत प्राप्त गरी अग्रता बनाएका छन् । उनलाई रास्वपाका जगतप्रशाद जोशीले २७५ मत प्राप्तगरी पछ्याइरहेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले २५२ मत प्राप्त गरेका छन् ।