२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले इङल्याण्डलाई दियो २५४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा भारतले इंग्ल्यान्डलाई २५४ रनको लक्ष्य दिएको छ ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको हो ।

भारतका लागि ओपनर सञ्जु श्यामसनले ८९ रनको आक्रामक पारी खेले । उनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । ४ छक्का र एक चौकासहित शिवम दुवेले ४३ रन बनाए भने इशान किशनले १८ बलमा ३९ र हार्दिक पाण्ड्याले २७ रन बनाए ।

तिलक वर्माले मात्र ७ बलमा २१ रन बनाए भने कप्तान सूर्यकुमार यादवले ११ रन बनाए ।

त्यस्तै इङल्याण्डका बलर विल ज्याक र आदील रशिदले २-२ विकेट लिएका थिए ।