२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच मतदान केन्द्रको मतपेटिका शुक्रबार ल्याइने



अ+ अ-

मनाङ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएको छ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका शुक्रबार ल्याइने भएको छ ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले मनाङमा ५४.८० प्रतिशत मत खसेको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ कुल सात हजार मतदातामध्ये तीन हजार १६४ मत खसेको छ । महिला एक हजार ४०६ र पुरुष एक हजार ७५८ मतदाताले मतदान गरेका उहाँले बताउनुभयो ।

“सहज भएको स्थानबाट मतपेटिका ल्याउने क्रम जारी रहेको छ”, उहाँले भन्नुभयो । प्रत्यक्षतर्फ एक हजार ३७५ महिला र एक हजार ५१७ पुरुषले मतदान गरेका छन् भने समानुपातिकतर्फ ३१ र पुरुष २१० गरी जम्मा २४१ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिनुभयो ।

“अहिले सम्भव नभएपछि मनाङको विकट क्षेत्र नार्पाभूमिको मतपेटिका शुक्रबार सेनाको हेलिकप्टरमार्फत ल्याइनेछ”, उहाँले भन्नुभयो । हालसम्म पनि सडक सञ्जालले नछोएको नार्पाभूमिको मतदान सकिए पनि भौगोलिक विकटताका कारण मतपेटिका ल्याउन सकस भएको उहाँले बताउनुभयो ।

जिल्लामा शान्त तथा सौहाद्र्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । “जिल्लामा सौहार्द्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । मतदाताको सहभागिता पनि उत्साहजनक रह्यो,” उहाँले भन्नुभयो ।

मनाङमा कुल मतदाता सात हजार रहेका थिए । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए । रासस