१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व युद्धले रूस–युक्रेन वार्ता रोकियो : जेलेन्स्की



भोलोदिमिर जेलेन्स्की/ फाइल फोटो
अ+ अ-

किएभ। मध्यपूर्वमा चर्किएको इरानसम्बन्धी युद्धका कारण संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रूस र युक्रेनबीच यस साता हुने भनिएको नयाँ चरणको वार्ता स्थगित भएको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय ध्यान अहिले मध्यपूर्वतर्फ केन्द्रित भइरहेका बेला किएभले भने इरानी ड्रोनको सामना गर्ने आफ्नो अनुभवबारे विभिन्न देशबाट सहयोगको प्रस्ताव प्राप्त गरिरहेको जनाएको छ ।

जेलेन्स्कीका अनुसार संयुक्त राज्य अमेरिका र मध्यपूर्वका केही सहयोगी राष्ट्रहरूले इरानद्वारा प्रयोग भइरहेका साहेद ड्रोनविरुद्ध प्रतिरक्षा उपायबारे युक्रेनसँग सहयोग खोजिरहेका छन् । रूसले चार वर्षअघि युक्रेनमाथि आक्रमण सुरु गरेपछि हजारौँ साहेद ड्रोन प्रयोग गरिसकेको अनुभव युक्रेनसँग रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा इरानले पनि इरानी लक्ष्यहरूमा भएका संयुक्त अमेरिकी–इजरायली आक्रमणको जवाफ त्यही प्रकारका ड्रोनमार्फत दिएको उल्लेख गरिएको छ ।

छैटौँ दिनमा प्रवेश गरेको इरानसम्बन्धी युद्धले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो सङ्घर्ष मानिएको रूस–युक्रेन युद्धबाट अन्तर्राष्ट्रिय ध्यान केही हदसम्म मोडिएको छ । पश्चिमी सरकार र विश्लेषकहरूका अनुसार रूस–युक्रेन युद्धमा लाखौँ मानिसको ज्यान गइसकेको छ, तर एक वर्षदेखि जारी अमेरिकी नेतृत्वको शान्ति प्रयासले लडाइँ चाँडै अन्त्य हुने सङ्केत भने अझै दिएको छैन ।

जेलेन्स्कीले बुधबार राति सम्बोधन गर्दै इरान वरपरको सुरक्षा अवस्थाका कारण तीनपक्षीय कूटनीतिक बैठकका लागि आवश्यक वातावरण अझै नबनेको बताउनुभयो । “अहिले इरानसँग सम्बन्धित अवस्थाका कारण त्रिपक्षीय बैठकका लागि आवश्यक सङ्केतहरू प्राप्त भएका छैनन्”, उहाँले भन्नुभयो, “तर सुरक्षा अवस्था र समग्र राजनीतिक सन्दर्भ अनुकूल हुनेबित्तिकै त्यो कूटनीतिक प्रक्रिया पुनः सुरु गरिनेछ ।”

उहाँका अनुसार इरानी ड्रोनविरुद्ध प्रतिरक्षा उपायबारे सहयोगका लागि विभिन्न देशहरूले युक्रेनसँग सम्पर्क गरिरहेका छन् । हालैका दिनमा उहाँले संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, जोर्डन र कुवेतका नेताहरूसँग सम्भावित सहकार्यबारे छलफल गर्नुभएको छ ।

तर उहाँले युक्रेनले यस्तो सहयोग आफ्नो सुरक्षा कमजोर नपर्ने अवस्थामा मात्र उपलब्ध गराउने स्पष्ट पार्नुभयो । साथै यस्तो सहकार्यले रूसी आक्रमण रोक्ने किएभको कूटनीतिक प्रयासलाई सहयोग पु¥याउनु पर्ने शर्त पनि उहाँले राख्नुभयो ।

“हामीलाई, युक्रेनलाई, युद्धको उचित अन्त्य गर्न सहयोग गर्नेहरूलाई हामी पनि युद्धबाट जोगिन मद्दत गर्न तयार छौँ”, जेलेन्स्कीले भन्नुभयो ।

यसैबीच, युद्धको अध्ययन संस्थानका अनुसार युक्रेनी सेनाले करिब एक हजार २५० किलोमिटर लामो मोर्चामा केही स्थानहरूमा रूसी सेनालाई पछाडि धकेल्न सफल भएको छ । वासिङ्टनस्थित उक्त थिङ्क ट्याङ्कका अनुसार फेब्रुअरीको अन्तिम दुई सातामा युक्रेनी सेनाले स्थानीय स्तरका प्रतिआक्रमणमार्फत गुमाएको भन्दा बढी भूभाग पुनः नियन्त्रणमा लिएको छ ।

संस्थानले जनवरी १ यता युक्रेनले करिब २५७ वर्गकिलोमिटर (१०० वर्गमाइल) क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याएको अनुमान गरेको छ । (रासस\एपी)