२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतमा इरानी ड्रोन आक्रमण, अमेरिकी ६ सैनिकको मृत्यु



अ+ अ-

वाशिङटन। कुवेतको नागरिक बन्दरगाहमा इरानी ड्रोनले अमेरिकी सेनाको अपरेसन भवनमा आक्रमण गर्दा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ। उक्त भवन मुख्य आर्मी बेसभन्दा टाढा, बन्दरगाहको व्यस्त क्षेत्रमा रहेको थियो।

सैनिकहरूको परिवारका अनुसार भवन कन्टेनर शैलीको थियो र त्यहाँ पर्याप्त सुरक्षा व्यवस्था थिएन। आक्रमण भएको स्थान वरिपरि तेल ट्याङ्क, रिफाइनरी र पावर प्लान्ट रहेको बताइएको छ।
पेन्टागनका अनुसार आक्रमण ड्रोनबाट भएको हो र अमेरिकी रक्षा सचिवले एयर डिफेन्सले सम्पूर्ण सुरक्षा गर्न नसकेको बताउनुभएको छ ।

यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा प्रतिकारात्मक हवाई आक्रमण गरेको छ। यस घटनाले अमेरिकी सेनाको सुरक्षाबारे चिन्ता बढाएको छ।  (रासस/एपी)