१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

चीनद्वारा आन्तरिक माग विस्तारलाई उच्च प्राथमिकता

चीनद्वारा आन्तरिक माग विस्तारलाई उच्च प्राथमिकता
अ अ+ अ-

बेजिङ। चीन सरकारले सन् २०२६ मा देशको आन्तरिक माग विस्तार गर्दै उपभोग वृद्धि सुदृढ गर्ने व्यापक योजना अघि सारेको छ ।

राष्ट्रिय जनसभाको १४औँ सत्रको चौथो बैठकको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लाउ छिनजियानले सरकारको प्राथमिकता आन्तरिक बजारलाई बलियो बनाउँदै आर्थिक स्थायित्व कायम गर्नु रहेको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार, चीनले उच्च गुणस्तरीय उपभोक्ता वस्तु तथा सेवाको आपूर्ति विस्तार गर्दै सेवा क्षेत्रमा उपभोग बढाउन विशेष ध्यान दिनेछ । उपभोक्ता वस्तुहरूको अदला–बदली कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ, जसले नागरिकलाई नयाँ र गुणस्तरीय सामग्री प्रयोग गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । साथै, अन्तर्राष्ट्रिय स्तरमा अनुकूल खपत वातावरण निर्माण गर्दै विदेशी तथा स्वदेशी लगानीलाई आकर्षित गर्ने नीति अवलम्बन गरिनेछ ।

सरकारले रोजगारी सिर्जना र आम्दानी वृद्धि मार्फत नागरिकको क्रयशक्ति बढाउने लक्ष्य पनि राखेको छ । शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको आयस्तर उकास्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । शिक्षा, बाल हेरचाह, वृद्ध हेरचाह तथा स्वास्थ्य सुरक्षाजस्ता सामाजिक क्षेत्रमा सुधार गर्दै जनजीवनको गुणस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

विश्लेषकहरूका अनुसार, चीनले बाह्य चुनौतीहरूको सामना गर्दै आर्थिक वृद्धिलाई दीगो बनाउन ‘आन्तरिक माग विस्तार’ रणनीतिलाई केन्द्रीय नीतिको रूपमा अघि सारेको हो ।

आगामी बैठकहरूमा यससम्बन्धी थप नीति तथा कार्यक्रमहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ ।(रासस/सिन्ह्वा)