१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड
अ अ+ अ-

संयुक्त राष्ट्र। संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नवगठित अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानललाई विश्वस्तरमा स्पष्ट नीति, सुरक्षा मापदण्ड र उत्तरदायित्वका आधार तय गर्न आह्वान गर्नुभएको छ ।

प्यानलको प्रारम्भिक बैठकलाई सम्बोधन गर्दै उहाँले कृत्रिम बुद्धिमत्ता अभूतपूर्व गतिमा विकास भइरहेको र यसले विश्व अर्थतन्त्र, श्रम बजार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा शासन प्रणालीमा गहिरो र दीर्घकालीन प्रभाव पारिरहेको बताउनुभयो ।

यस्तो तीव्र परिवर्तनशील प्रविधिको समग्र प्रभाव कुनै एक देश, कम्पनी तथा अनुसन्धान संस्थाले मात्र बुझ्न नसक्ने भएकाले विश्वव्यापी सहकार्य र वैज्ञानिक आधारमा साझा समझ निर्माण अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

महासचिव गुटेरेसका अनुसार कृत्रिम बुद्धिमत्ताले शान्ति र सुरक्षादेखि मानवअधिकार तथा दिगो विकाससम्मका क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना गरेको छ ।

एकातिर यसले उत्पादकत्व वृद्धि, नवीन आविष्कार र सेवाको पहुँच विस्तार गर्न सक्छ भने अर्कोतर्फ दुरुपयोग, गलत सूचना प्रसार, गोपनीयता हनन तथा असमानता बढ्ने जोखिम पनि रहेको उहाँले चेतावनी दिनुभयो । त्यसैले यस प्रविधिको प्रयोग सुरक्षित, पारदर्शी, समावेशी र मानवकेन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नवगठित प्यानलले स्वतन्त्र र निष्पक्ष वैज्ञानिक मूल्याङ्कनका आधारमा विश्व समुदायलाई विश्वासयोग्य सल्लाह र सुझाव प्रदान गर्ने अपेक्षा गरिएको छ । प्यानलका सदस्यहरू व्यक्तिगत हैसियतमा कार्य गर्नेछन् र कुनै सरकार, निजी क्षेत्र तथा अन्य संस्थाको प्रभावमा नपरी स्वतन्त्र रूपमा अनुसन्धान र विश्लेषण गर्ने व्यवस्था गरिएको छ ।

उहाँहरुले कृत्रिम बुद्धिमत्ताको विकास, जोखिम व्यवस्थापन, नैतिक मापदण्ड तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावित ढाँचाबारे सिफारिस तयार पार्नेछन् ।

संयुक्त राष्ट्र महासभाले ४० सदस्यीय यस प्यानल गठन गरेको हो, जसका सदस्यहरूको कार्यकाल तीन वर्षको रहनेछ । महासचिवले यस पहललाई मानवताका हितमा प्रविधिको उपयोग सुनिश्चित गर्ने ऐतिहासिक अवसरका रूपमा वर्णन गर्दै सबै देशलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ ।(रासस/सिन्ह्वा)