१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे
अ अ+ अ-

सिरहा। प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सिराहा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादवसहित पाँचजना तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउने सर्तमा रिहा भएका छन् ।

यादवलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २२ गते भित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईका अनुसार प्रहरीले बरामद गरी बुझाएको नगद तथा कागजात अध्ययनपछि लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरिएको हो ।

“मौन अवधिमा यति ठूलो रकम किन, कहाँबाट र के प्रयोजनका लागि बोकेको भन्ने विषयमा स्पष्टीकरण सोधिएको छ,” उहाँले भन्नुभयो, “स्पष्टीकरण प्राप्त भएपछि थप निर्णय गरिनेछ । आवश्यकता परे निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐनबमोजिम कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अघि बढाउनेछ ।”

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वासुदेव पाठकले आयोगले स्पष्टीकरण सोधिसकेको सन्दर्भमा तत्काल प्रहरीले थप कारबाही नगर्ने तर आयोगको निर्णयपछि अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

यादवसँगै पक्राउ परेका विष्णुपुर–५, लक्ष्मीपुरका श्यामकुमार यादव, रामप्रवेश यादव, बप्रेन्द्रकुमार यादव र नरहा गाउँपालिका–३ का सवारीचालक जीतेन्द्रकुमार महतो पनि रिहा भएका छन् ।

मङ्गलबार राति उम्मेदवार यावदसहित पाँच जनालाई निर्वाचन सुरक्षा गस्तीमा रहेका प्रहरीले नेपाल–भारत सीमामा पर्ने माडर बजारबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको अवस्थामा माडरदेखि उत्तर शिवचोकमा प्र २–०२–००१ च ०८७ नम्बरको स्कर्पियोबाट रु चार लाख ८७ हजार नगदसहित पक्राउ गरेको थियो ।

निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन, २०७३ को दफा ३० अनुसार निषेधित कार्यका लागि आर्थिक सहयोग लिन वा खर्च गर्न नहुने व्यवस्था छ । उल्लङ्घन भए आम्दानी वा खर्च बराबरको जरिवाना गर्न सकिने र सो जरिवाना ६ महिनासम्म नबुझाए आयोगले बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने प्रावधान रहेको छ । रासस