१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
अ अ+ अ-

बेरुत। इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गबाट पनि थप भित्री क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

गत सोमबार इरान समर्थित हिज्बुल्लाह समूहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि जारी मध्यपूर्वी द्वन्द्वमा तानिएको हो ।

उक्त आक्रमण अमेरिकी–इजरायली कारबाहीमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएको घटनापछि गरिएको दाबी गरिएको छ । त्यसयता दुवै पक्षबीच आक्रमण र प्रतिआक्रमण जारी छन् ।

हिज्बुल्लाहले मङ्गलबार र बुधबार इजरायलका विभिन्न सैन्य तथा औद्योगिक संरचनालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । जवाफमा इजरायलले लेबनानका विभिन्न क्षेत्रमा हवाई हमला गरेको छ, जसमा कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

इजरायली सेनाले लितानी नदीको दक्षिण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई तत्काल उत्तरतर्फ सर्न चेतावनी दिएको छ । सेनाका अनुसार उक्त क्षेत्रमा हिज्बुल्लाहविरुद्ध सैन्य कारबाही गर्नुपर्ने अवस्था आएको छ ।

लेबनानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली सेना सीमाबाट करिब ६ किलोमिटर भित्र पर्ने खियाम नगरसम्म प्रवेश गरेको छ । यद्यपि इजरायली सेनाले आफ्ना फौजको ठ्याक्कै अवस्थाबारे सार्वजनिक रूपमा खुलाउन अस्वीकार गरेको छ ।

यसैबीच, बेरुत उपत्यकाको हाज्मिये क्षेत्रमा रहेको एक होटलमा पनि हवाई आक्रमण भएको छ । आक्रमणपछि होटलका केही भागमा ठूलो क्षति पुगेको छ र घाइतेहरूलाई तत्काल उपचार गरिएको छ । आक्रमणको लक्ष्यबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
बेरुतका दक्षिणी उपनगरमा पनि निरन्तर हवाई हमला भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा भएका आक्रमणमा थप हताहती भएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले दक्षिणी लेबनानमा घाइतेको उद्धारका क्रममा तीन जना स्वास्थ्यकर्मी मारिएको र छ जना घाइते भएको जनाएको छ । सङ्गठनले युद्धरत पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र स्वास्थ्य संस्था तथा कर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।

लेबनानी अधिकारीहरूका अनुसार हालसम्म ५८ हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन् । इजरायलले भने हिज्बुल्लाह निःशस्त्र नभएसम्म आफ्नो सैन्य अभियान जारी रहने स्पष्ट पारेको छ । (रासस/एएफपी)