९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

रूपन्देहीमा निर्वाचनको तयारी पूरा
अ अ+ अ-

काठमाडाैँ ।रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार हुने निर्वाचन प्रक्रियाअन्तर्गत मौनअवधि सुरु भइसकेको अवस्थामा खटिएका कर्मचारी निर्वाचन सामग्री लिई तोकिएको मतदान केन्द्रमा पुगिसकेको कार्यालयले जनाएको हो ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले मतदान तथा मतगणनासम्बन्धी व्यवस्थापकीय कामकारवाहीलाई तीव्रता दिएको र जिल्लाका पाँचै निर्वाचन क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थासहित आवश्यक पूर्वतयारीको काम पूरा भएको जानकारी दिए। निर्वाचनका लागि जिल्लाका २१३ मतदान स्थलअन्तर्गत ७३६ मतदान केन्द्रको तयारी पूरा भएको र सुरक्षाको व्यवस्था पनि चुस्त पारिएकाले ले निर्धक्क भई मतदान गर्न उनले आग्रह गरे।

जिल्लाभर खटिएका ७३६ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत आआफ्नो कार्यक्षेत्रमा खटिएका छन् । निर्वाचनका क्रममा जिल्लामा चार हजार ४०४ कर्मचारी तथा दुई हजार २०३ स्वयम्सेवक परिचालन गरिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा कूल छ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् । पाँचै क्षेत्रमा मतगणनास्थल तयारीसमेत अन्तिम चरणमा पुगेको, गणनास्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान तथा तारजाली व्यवस्थापन गरी सुरक्षा प्रबन्ध कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।रासस